१० असार २०८३, बुधबार
,
Latest
रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली करिडोरका सहायक मार्गमा यातायात सञ्चालन गर्न अनुमति



अ+ अ-

कर्णाली । जिल्ला प्रशासन कार्यालय कालीकोटले कर्णाली राजमार्गबाट सहायक सडकमा यातायात सञ्चालन गर्न अनुमति दिएको छ । कर्णाली राजमार्गदेखि कर्णाली करिडोरका सहायक मार्गमा यातायात सञ्चालन गर्न अनुमति दिएको हो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले कर्णाली राजमार्ग र कर्णाली करिडोरबाट यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि अबका दिनमा जिल्ला सदरमुकाम मान्म, सुर्खेत र नेपालगञ्जलगायत ठाउँबाट मजौला खालका सवारी साधन सिधैँ गाउँ–गाउँमा पुग्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले यातायात समितिका पदाधिकारी, राजनितिक दल, सरोकारवालासँग छलफल गरेर जिल्लाको सदरमुकाम मान्मदेखि शुभकालिका गाउँपालिकाको भर्ता, नरहरिनाथ गाउँपालिका–८ र ९ लालु, वडा नं १,२ र ३ कोडवाडा–कुमालगाउँ, सान्नी त्रिवेणी गाउँपालिका–६, ७ मेहलमुडी, घाटाचौर, पलाँता गाउँपालिका, रास्कोट नगरपालिकाका स्थानीय सडकमा सार्वजनिक यातायातका साधन सञ्चालनका लागि अनुमति दिने निर्णय गरेका छन् ।

नरहरिनाथ गाउँपालिका, रास्कोट नगरपालिका, पलाँता गाउँपालिका र शुभकालिका गाउँपालिकामा यातायातका साधन सञ्चालनको अनुमति नहुँदा यात्रुले सास्ती खेप्नुपरेको र यात्रुलाई सिधैँ गाउँ-गाउँमा पुग्न सजिलो होस् भनेर साना तथा मझौला खालका यातायातका साधन सञ्चालनका लागि अनुमति दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

कर्णाली करिडोरको खुलालु पुल बनेको र सुर्खेत, नेपालगञ्ज, मान्मलगायतका ठाउँबाट सिधैँ कर्णाली करिडोरमा गाडी सञ्चालन गरेपनि वैधानिक रुपमा यातायातका साधन सञ्चालन हुनसकेको थिएन् । शुभकालिका गाउँपालिका, नरहरिनाथ गाउँपालिका, रास्कोट नगरपालिका र पलाता गाउँपालिकामा  नियमित रुपमा यातायात सञ्चालन गर्ने अनुमति दिइएको र बिहान गाडी छुट्ने र बेलुकी सोही गतव्यमा फर्किने गरी यातायातका साधन सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । (रासस)