१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछाम जिल्लामा घट्यो यस्तो घटना, दाजु बहिनीको मृत्यु, आमा घाईते



अ+ अ-

अछाम । अछाम जिल्लामा जंगली च्याउ र निउरो खाँदा दुई जनाले अकांलमै ज्यान गुमाउनु परेको छ भने एक जनाको अवस्था गम्भीर छ । जिल्लाको दुर्गम मानिने रामारोशन गाउँपालिका ५ मा जंगली च्याउ र निउरो खाँदा ६ बर्षिया बालीका मनीषा बोहरा र ११ बर्षीया बालक रमेश बोहोराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार च्याउ र निउरो खाएकै कारण आमा नरपता बोहरा गम्भीर बिरामी परेकी छन् । उनको बयलपाटा अस्पातालमा उपचार भइरहको छ ।

आइतबार बनबाट टिपेर ल्‍याएको च्याउ र निउरो तरकारी पकाएर खाएको केही समयभित्रै भाइबहिनी बिरामी परेका थिए । उनीहरुका आइतबार राति १० बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ । सोमबार विहानै आमा नरपतालाई अस्पताल लगिएको हो ।