१० असार २०८३, बुधबार
,
Latest
रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटाले पुलिसलाई हरायो



अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत संकटा क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ  ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार दिउँसो भएको खेलमा संकटाले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

संकटालाई जित दिलाउन निरज बस्नेतले १८ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । 

लक्ष्मण रुचालले क्रस गरेको बलमा उनले डाइभिङ गर्दै हेडमार्फत उत्कृष्ट गोल गरे ।  

यस जितसँगै संकटा लिगको चौंथो स्थानमा उक्लिएको छ । संकटाले ४ खेलमा ८ अंक जोडेको छ । पुलिस ४ खेलमा ५ अंकसहित लिगको आठौं स्थानमा झरेको छ ।

संकटाका गोलकर्ता निरज म्यान अफ दि म्याच चुनिए भने संकटाकै रोशन पहारी इमर्जिङ प्लेयर घोषित बने ।