१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

चार दिनदेखि यातायात अवरुद्ध

चार दिनदेखि यातायात अवरुद्ध
अ अ+ अ-

म्याग्दी । संसारकै गहिरो अन्धगल्छीको माथिल्लोपट्टी रहेको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पहिरो गएपछि अन्धगल्छी सङ्कटमा परेको छ । कालीगण्डकी नदीले कटान गरेपछि सडक भासिएर पहिरो खसेको हो । धौलागिरि र अन्नपूर्ण हिमालको खोंचमा छ हजार ९६७ मिटरको गहिराइमा बनेको ‘अन्धगल्छी’ संसारकै गहिरो गल्छी हो । यहाँ कालीगण्डकी नदी लुकेर बगेको छ ।

शुक्रबार बेनी–जोमसोम सडकको सबैभन्दा साँघुरो र कठिन भूगोल रहेको भिरकाटे र बाँदरजुङ भिरमा सडक भासिएपछि अवरुद्ध भएका यातायातका साधन चार दिन बितिसक्दा पनि सञ्चालन हुन सकेका छैनन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाले चार दिनदेखि सडक मर्मत गर्ने गरेको प्रयास सफल हुन सकेको छैन ।

सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले बेनी–जोमसोम सडकको सबैभन्दा साँघुरो र कठिन भूगोल रहेको भिरकाटे र बाँदरजुङ भिरमा एक–एक सय मिटर लामा सुरुङमार्ग वा अन्य विकल्पमा अध्ययन भइरहेको बताए । उनले भने, ‘सडक भासिएर कुनै पनि समस्या आउने प्रायः निश्चित थियो । जहाँ तलबाट वाल उठाएर सडक जोगाउन सकिने अवस्था नै थिएन ।’

अहिले बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत सात मिटर कालोपत्रसहित ११ मिटर चौडा सडक बनाउने काम भइरहेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभिरदेखि मुस्ताङको सीमाक्षेत्र बाँदरजुङ भिरसम्मको करीब २० किमी खण्डमा बढी भिरपहरा र साँघुरो गल्छी भएकाले काम गर्न अप्ठ्यारो छ ।

बेनी–जोमसोम सडकको बाँदरजुङमा मात्र होइन, विभिन्न खोलामा रहेका बेलीव्रिज पनि नदी कटानको उच्च जोखिम छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत रहुघाट, कालीगण्डकी र अन्य साना खोलामा नयाँ पक्की पुल निर्माण गर्न फाउण्डेसन राख्ने क्रममा नदीको धार परिवर्तन भएकाले चालू अवस्थाका बेलीव्रिज कटानको जोखिममा परेका हुन् ।

ठाउँ(ठाउँमा पहिरो खस्ने र सडक अवरुद्ध भएपछि यात्रु र सवारी चालक त्रसित बनेका छन् । बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट फर्कने यात्रु जोखिम मोलेर पैदल नै पहिरो पार गर्न बाध्य भएका छन् ।