७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पताल पुगेकी सुन्तली पक्राउ, यस्तो छ कारण



अ+ अ-

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेकी सासूसँग झगडा गरी हत्या गरेकी २४ वर्षीया जेठी बुहारी सुन्तलीलाई घटनालगत्तै नियन्त्रणमा लिई बनेपा इप्रका हिरासतमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

सुन्तलीद्वारा ससुरा र श्रीमान्कै अगाडि कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काई सासूको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।