• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात ★   जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने ★   लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना ★   कुवेत आगलागीमा ४२ भारतीयको मृत्यु भएको पुष्टि ★   ‘पुष्पा २’को प्रदर्शन मिति फेरि सर्यो ★   खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने ★   दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु ★   भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आवश्यकता देखिएन: ज्ञानबहादुर शाही ★   ‘तातो हावाको लहर (लू) प्रतिकार्यमा जुटौँ’ ★   विद्यालयका सटर बन्द नगराउन काठमाडौं महानगरलाई अदालतको आदेश

साउदी सेनाद्वारा यमनमा हवाई कारबाही जारी, २०० हुथी विद्रोहीको मृत्यु



रियाद । यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गत शनिबारदेखि निरन्तर रुपमा कारबाही जारी राखेको छ । सो हवाई कारबाहीमा परेर कम्तीमा पनि २०० जना हुथी विद्रोहीहरु मारिएका बताइएको छ । शनिबारदेखि यहाँको मारिब प्रान्तमा सायदी सेनाले निरन्तर रुपमा कारबाही जारी राखेको बताइएको छ ।

उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १९० जना हुथी विद्रोहीहरुको ज्यान गएको साउदी अ‍ेरिबयाको सरकारी प्रेसले शनिबार जनाएको थियो । तर आइतबार यसमा बृद्धि भएको छ । सो कारबाहीमा परेर कम्तीमा पनि २०० जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका यमनको सरकारी सेनाले आइतबार साँझ पुष्टी गरेको जानकारी दिएका छन् ।

यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ ।उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन् । मारिब क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।साउदी सेनाको नेतृत्वको हवाई सेनाले शनिबारदेखि नै सो क्षेत्रमा हमला गरेका हुन् । शनिबारदेखि कम्तीमा पनि ३६ ओटा साना ठूला आक्रमणहरु गरेको पाइएको छ ।

शनिबारको सो आक्रमणका क्रममा हुथी विद्रोहीहरुका कम्तीमा पनि २१ ओटा आश्रयस्थल र केही सवारी साधनहरु ध्वस्त पारिदिएको बताइएको छ  ।साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् । (रासस-सिन्ह्वा)