२७ भाद्र २०८३, शनिबार
,
Latest
कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी भिसामा अस्ट्रेलियाको थप कडाइ



अ+ अ-

काठमाडौं । धेरै नेपाली विद्यार्थीको गन्तव्य बन्दै आएको अस्ट्रेलियाले विद्यार्थी भिसामा थप कडाइ गरेको छ ।

अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले आगमी जुलाई एक देखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् । यो व्यवस्था लागू भएसँगै भिसासम्बन्धी प्रावधानका केही छिद्रहरू प्रयोग गरेर अस्ट्रेलिया बसाइ लम्ब्याउन चाहने विदेशी विद्यार्थी बढी प्रभावित हुनेछन् ।

विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अनिश्चितकालसम्म अस्ट्रेलिया बस्न नदिने उद्देश्यले यस्तो प्रावधान राखिएको बताइएको छ । गत १० महिनाको अवधिमा पर्यटक भिसाबाट विद्यार्थी भिसामा जानेको संख्या ३६ हजार रहेको मन्त्री ओनिलले विज्ञप्तमा उल्लेख गरेकी छन् ।

त्यस्तै, ग्राजुएट भिसा (टीआर) मा बसेका ३२ प्रतिशत विद्यार्थी पुन: विद्यार्थी भिसामा नै अस्ट्रेलिया बसाइलाई निरन्तरता दिइरहेको उनले बताएकी छन् । यसलाई गत वर्ष जारी गरिएको आप्रवासन रणनीति कार्यान्वयनकै शृङ्खलाको रूपमा व्याख्या गरिएको छ ।

आगन्तुक भिसा र अस्थायी स्नातक भिसा (दुई भिसा क्याटागोरी सबक्लास ६०० र ४८५) मा रहेकाहरूले अबदेखि अनसोर (अस्ट्रेलिया भित्रैबाट) विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने छैनन् । यद्यपि त्यस्ता विद्यार्थीहरूले आफ्नो देश फर्किएर पुन: विद्यार्थी भिसामा आवेदन दिन भने पाउनेछन् ।

कोभिड महामारीपछि विदेशी विद्यार्थी धेरै बढेर ७ लाख ४० हजारभन्दा बढी पुगेपछि अस्ट्रेलियाले नयाँ आप्रवासन नीति सार्वजनिक गर्दै यसलाई उल्लेख्य रूपमा घटाउने रणनीति लिएको थियो ।

हाल अस्ट्रेलियामा ५५ हजार ३ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । चीन र भारतपछि सबैभन्दा ठूलो संख्यामा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत छन् ।