३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काभ्रेमा बालआश्रम भवन निर्माणको लागि सेवक नेपालद्वारा सहयोगको अपिल

काभ्रेमा बालआश्रम भवन निर्माणको लागि सेवक नेपालद्वारा सहयोगको अपिल
अ+ अ-

काठमाडौं । ‘सेवक नेपाल’ नामक सामाजिक संस्थाले काभ्रे–मण्डन देउपुर–९ मा बृहत्त बालआश्रम निर्माणको लागि सहयोगको लागि अपिल गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालका पत्रकार सम्मेलन गर्दै उक्त संस्थाले यस्तो अपिल गरेको हो । बालआश्रमको लागि संस्थाले जग्गा खरिद गरिसकेको जनाउँदै अब भवन निर्माणको लागि सहयोगी संघ, संस्था तथा व्यक्तिहरुमार्फत सहयोग रकमको लागि आज अपिल गरेको हो । अहिलेसम्म करिब २५ लाख रुपैयाँ संकलन भैसकेको पनि संस्थाले जनाएको छ।

भवन निर्माणको लागि गठित सहयोग संकलन समितिका संयोजक तथा अभियन्ता रामदत्त जोशी (नेपालको राम) को नेतृत्वमा उक्त रकम संकलन भएको आजको पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ ।

संस्थाद्वारा जारी विज्ञप्तीमा भनिएको छ‘विभिन्न कारणले आफ्नो अभिभावक गुमाएका अनाथ तथा असहाय बालबालिका खासगरी अभिभावकत्वको अभावमा सडक बालबालिकाको रुपमा देखापरि समाजमा विभिन्न प्रकारका विकृति तथा विसंगति पैmलिनसक्ने अवस्थालाई मध्यनजर गर्दै ती ठूलो संख्याका बालबालिकाहरुलाई अभिभावकत्व प्रदान गरि उनीहरुलाई खानपान, आवास तथा दिगो संरक्षणको व्यवस्था दिलाउनको उद्देश्य राखि बिशेषगरी रोजगारीको सिलसिलामा दक्षिण कोरियामा गएका परोपकारी नेपालीहरुद्वारा संचालनमा ल्याइएको एक परोपकारी संस्था “सेवक नेपाल’’ हो ।’

२०७० साल असार ६ गते दक्षिण कोरियाबाट “गरीव तथा अनाथ बालबाललिका संरक्षण कोष’’ को नामले अभियान संचालन गरि अभियान बिस्तार हुने क्रममा अमेरिका, अष्ट्रेलिया, क्यानडा, मलेसिया, जापान लगायतका अन्य देश हुँदै नेपाल आएर संस्था दर्ता ऐन २०३४ अनुसार वि.सं. २०७२ श्रावण २६ गते “सेवक नेपाल’’ नामक परोपकारी संस्था दर्ता गरिएको संस्थाका अध्यक्ष तथा अभियन्ता गंगादेवी पौडेलले जानकारी गराईन् ।

सेवक नेपालले विभिन्न जिल्लाका गरी हाल २० जना बालबालिकालाई मात्र छात्रवृत्ती प्रदान गर्दै आइरहेको भएपनि आश्रम संचालन भएपछि ठूलो संख्यामा बालबालिकाहरुलाई संरक्षण दिँदै ३ ‘क’ को अवधारणा कम्प्युटर, कोदालो र कलममा व्यवहारिक शीक्षा सिकाई दक्ष बनाउने लक्ष्य लिएको पनि अध्यक्ष पौडेलले विश्वास दिलाईन् ।

जारी विज्ञप्तीमा थप भनिएको छ,‘यस अभियानमा आजसम्म ६० जिल्लाका ११० जना अभियन्ताहरु जोडिनु भएको र भोलिको दिनमा जोडिदै जाने क्रममा सबै जिल्लाका अभियन्ताहरु हुने भएकोले यसले हाम्रो समाजलाई भाइचाराको एकतामा जोड्न अरु दरिलो माध्यम बन्ने हामीले विश्वास लिएका छौं । संस्थाले गत वर्ष काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा न. ९ मा ६ रोपनी ११ आना जग्गा खरिद गरी बालआश्रम निर्माणको लागि अन्य पुर्वाधारजस्तै बाटो, बत्ती, पानी र नक्सा तयारी आदिको समेत काम भैसकेको र यही असोजदेखि निर्माणमा जुट्ने योजना बनाएका छौं ।’

करिब डेढ सय बालबालिका अट्नेगरि निर्माणको तयारी गरिरहेको उक्त संरचना तयार हुन करिव रु. ५ करोड लागत लाग्ने पनि संस्थाले जनाएको छ । अध्यक्ष पौडेलले भनिन्,‘हामी अभियन्ताबाट मात्रै यत्रो आर्थिक जुट्न असम्भव हुने भएको हँुदा यसै पत्रकार सम्मेलनमार्फत देश बिदेशमा रहनुभएका मनकारी नेपाली दाजुभाई दिदीबहिनीहरु माँझ यस अभियानमा जोडिएर सक्दो आर्थिक, नैतिक तथा अन्य सहयोग पु¥याउन हुन बिनम्र अनुरोध गर्दछौं ।’

कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य तथा अभियन्ता गोविन्द गौतमले सेवक नेपालले स्थापनाकालदेखि अहिलेसम्म गर्दै आईरहेको कामको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य तथा अभियन्ता यज्ञप्रसाद चौलागाँई (राम) ले बृहत्त बालआश्रम निर्माणको लागि सहयोगार्थ अपिल गरे । त्यस्तै, उनले संस्थाको प्रतिवेदनसमेत सार्वजनिक गरेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष सुरेन्द्र छतकुली, कोषाध्यक्ष बुद्धप्रसाद गौतमलगायत करिब ३० जना अभियन्ताहरुको उपस्थिति थियो । आजको पत्रकार सम्मेलनको सञ्चालन भने संस्थाका कार्यसमिति सदस्य तथा अभियन्ता काशिनाथ रिमालले गरेका थिए ।