८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पेन गन’सहित पोखराबाट लागूऔषध कारोबारी पक्राउ



अ+ अ-

पोखरा । कलमको आकारको बन्दुक ‘पेन गन’सहित पोखरामा एक लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

पोखरा २४ कास्कीकोट स्थायी घर भई हाल पोखरा ७ मासबारमा बस्दै आएका २४ वर्षीय सागर रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

‘लागुऔषध दुर्व्यसनी, ओसारपोसार, बिक्री वितरणमा संलग्न रहेको सूचना पाएका थियौं ।,’ एसपी कार्कीले भने, उनी हतियारसमेत बोकेर हिँड्ने गरेका रैछन अनि खानतलासी गर्दा पेन गनसहित त्यसमा लाग्ने ७ वटा गोली पनि फेला पर्यो ।’

रानाभाटको डेराबाट केही थान लागूऔषध प्रहरीले बरामद गरेको छ । रानाभाटलाई पक्राउ गरी अनुसन्धान अघि थालिएको एसपी कार्कीले बताए ।