१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पेन गन’सहित पोखराबाट लागूऔषध कारोबारी पक्राउ



अ+ अ-

पोखरा । कलमको आकारको बन्दुक ‘पेन गन’सहित पोखरामा एक लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

पोखरा २४ कास्कीकोट स्थायी घर भई हाल पोखरा ७ मासबारमा बस्दै आएका २४ वर्षीय सागर रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

‘लागुऔषध दुर्व्यसनी, ओसारपोसार, बिक्री वितरणमा संलग्न रहेको सूचना पाएका थियौं ।,’ एसपी कार्कीले भने, उनी हतियारसमेत बोकेर हिँड्ने गरेका रैछन अनि खानतलासी गर्दा पेन गनसहित त्यसमा लाग्ने ७ वटा गोली पनि फेला पर्यो ।’

रानाभाटको डेराबाट केही थान लागूऔषध प्रहरीले बरामद गरेको छ । रानाभाटलाई पक्राउ गरी अनुसन्धान अघि थालिएको एसपी कार्कीले बताए ।