१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कतार विश्वकप छनोटको समूह चरण ड्र आज, नेपाल पट ५ मा

कतार विश्वकप छनोटको समूह चरण ड्र आज, नेपाल पट ५ मा
अ अ+ अ-

काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको लागि दोस्रो चरणको एसियाली ड्र आज हुँदैछ।सन् २०२३ मा चीनमा हुने र एएफसी एसियन कप २०२३ को लागि पनि यही ड्र कायम गरिनेछ।

ड्र मा एसियाका ४० राष्ट्रहरुलाई समावेश गरिनेछ र ड्र पछि ८ समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा ५–५ टम रहनेछ।

००६ मा फिफाले विश्वकप छनोटको नयाँ नियम बनाएपछि नेपालले दोस्रो चरणको छनोट प्रतियोगिता खेल्न लागेको यो पहिलो हो। दोस्रो चरणका छनोटका खेलहरु डबल राउन्ड रोबिन पद्दतिमा घरेलु र अवे टोलीको मैदानमा खेलिनेछ ।

दोस्रो चरणका खेलहरु सेप्टेम्बर ५, २०१९ देखि जुन ९, २०२० सम्म हुनेछ । नेपालले एसियाको शीर्ष ३४ स्थानभित्र परेपछि सिधै दोस्रो चरणका लागि छनोट भएको थियो । नेपाल छनोटको पट ५ मा रहेको छ । यो पटमा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, कम्बोडिया, बंगलादेश, मंगोलिया, गुआम र श्रीलंका रहेका छन्। सबैभन्दा कमजोर वरीयता रहेको टोलीहरु भएको यस पटका राष्ट्रले समूह चरणमा बलिया प्रतिद्वन्द्वी सँग खेल्नुपर्ने हुन्छ।

समूह चरणबाट कुल १२ टोली विश्वकप छनोटको अन्तिम चरणका लागि छनोट हुनेछन् । ८ समूहका समुह विजेता र ४ उत्कृष्ट उपविजेताले सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपमा पनि स्थान पक्का गर्नेछन् । अन्तिम छनोटका ४ उत्कृष्ट टोलीले विश्वकपमा स्थान बनाउनेछन् भने पाँचौ टोलीले अन्तर महादेशीय प्लेअफमा प्रतिस्पर्धा गर्नुपर्ने छ ।

फिफाले गत महिना सार्वजनिक गरेको वरीयताअनुसार एसियाली वरीयतामा शीर्ष ३४ मा परेपछि नेपालले पहिलोपटक सिधै विश्वकपको दोस्रो चरणको छनोटको स्थान पक्का गरेको थियो।

गत संस्करणमा नेपाल विश्वकप छनोटको प्रारम्भिक चरणबाट नै बाहिरिएको थियो । प्लेअफमा भारतको सामना गरेको नेपाल पहिलो लेग २–० ले गुवाहाटीमा पराजित भएपछि दोस्रो लेगमा गोलरहित बराबरीमा रोकेको थियो । नेपाल यसपटक भने सिधै दोस्रो चरणमा पुगेको हो ।

नेपालले १९८६ बाट विश्वकप छनोट प्रतियोगितामा सहभागिता जनाउन थालेको हो। पहिलोपटक नेपालले दशरथ रंगशालामा खेलेको थियो। समूह ३ ‘ए’ मा रहेको नेपालको समूहमा मलेसिया र दक्षिण कोरिया थिए। नेपालले मलेसियासँग घरेलु मैदानमा गोलरहित बराबरी खेल्नुबाहेक सबै खेल हारेको थियो। त्यसपछि नेपालले १९९४ र २००६ मा बाहेक सबै संस्करणको विश्वकप छनोटमा भाग लिँदै आएको छ। २००६ मा ग्वामविरुद्ध खेल्नु पर्ने भएपछि नेपालले जरिवाना तिरेर प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो।

कुन ‘पट’ मा कुन टिम?

पटका १–१ टोली गर्दै कुल ५ टोली रहनेछन् ।

पट १ – इरान, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, चीन

पट २ – इराक, उज्बेकिस्तान, सिरिया, ओमान, लेबनान, किर्गिस्तान, भिएतनाम, जोर्डन

पट ३ – प्यालेस्टाइन, भारत, बहराइन, थाईल्यान्ड, ताजिकिस्तान, उत्तर कोरिया, चाइनिज ताइपेइ, फिलिपिन्स

पट ४ – तुर्कमेनिस्तान, म्यानमार, हङकङ, यमन, अफगानिस्तान, माल्दिभ्स, कुवेत, मलेसिया

पट ५ – इन्डोनेसिया, सिंगापुर, नेपाल, कम्बोडिया, बंगलादेश, मंगोलिया, गुआम, श्रीलंका