१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

तीनवटै सरकारका बीचमा सहकार्य आवश्यक छ: मुख्यमन्त्री पौडेल

तीनवटै सरकारका बीचमा सहकार्य आवश्यक छ: मुख्यमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुन आवश्यक रहेको बताएका छन् । सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको आज यहाँ शुभारम्भ गर्नुहुँदै उनले भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरणलाई पनि विकासको सूत्र बनाउन आवश्यक रहेको विचार व्यक्त गरे ।

विकासलाई समृद्धिसँग जोड्नुपर्नेमा उनले जोड दिए । समाज परिवर्तन गराउनका लागि सरसफाइ तथा हरियाली प्रवद्र्धन पनि एउटा बाटो भएको उनको भनाइ थियो । फरक प्रसङ्गमा मुख्यमन्त्री पौडेलले काँग्रेसलाई पनि विकासमा साझेदारी गर्न आग्रह गरे । उनले भने, ‘विकास सबैका लागि हो । विचार फरक हुन सक्छ तर विकास फरक हुँदैन ।’ विकासप्रतिको अवधारणा स्पष्ट नहुँदा विकास निर्माणले तीव्रता पाउन नसकेको उनको भनाइ छ ।

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदीले चितवनको क्षेत्र नं २ को ९ख० मा मात्रै गत आर्थिक वर्षमा ६५ हजार फलफूलका बिरुवा रोपिएको जानकारी दिए । हरियाली कार्यक्रमलाई प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको पनि उनले जानकारी दिए ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, वडाध्यक्ष राजेन्द्रमणि काफ्ले लगायतले बोलेका थिए । कार्यक्रमको शुभारम्भ अघि मुख्यमन्त्री पौडेलले वृक्षरोपण, शहरी बायोग्यास प्लाण्ट उद्घाटन, पानी शुद्धीकरण, फोहर व्यवस्थापन लगायतको उद्घाटन गरेका थिए ।

यस कार्यक्रमअन्तर्गत भरतपुर एक बगैँचा, सफा भरतपुर र हरियाली भरतपुर नाम दिएर फोहर व्यवस्थापन, सरसफाइ, वृक्षरोपण, पानीको शुद्धीकरण, शहरी बायोग्यास प्लाण्ट जस्ता कार्यक्रमहरु सञ्चालन गरिने सरसफाइ तथा हरियाली कार्यक्रम सञ्चालन समितिका अध्यक्ष केशव रेग्मीले जानकारी दिए ।