१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब



अ+ अ-

काठमाडौं। गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ। कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए। अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी ४ आना जग्गा मात्र छ।

काठमाडौंका नाङ्लेभारे, लप्सीफेदी र साँखुमा मन्दिरका नाममा रहेको जग्गा सबै मोहीकै नियन्त्रणमा छ। जग्गाबाट खासै आयस्ता पनि आउँदैन। वर्षको २ देखि ३ लाखसम्मको बाली आउने गरेको रामचन्द्र मन्दिर गुठीका सदस्यसचिव केशवध्वज राणाले जानकारी दिए। ‘सबै जग्गा मोहीले कमाएका छन्’, उनले भने, ‘बाली भन्दै कसैले अलिअलि बुझाउँछन्।’

निजी गुठीबाट सञ्चालन भएको मन्दिर भए पनि जग्गा कहाँ कति छ भन्ने यथार्थ विवरण गुठीसँग छैन। यस्तै जग्गामा कति मोही छन् भन्ने तथ्यांक छैन। सदस्यसचिव राणा भन्छन्, ‘सरकारसँग त विवरण छैन, हामीसँग के हुन्छ रु ’ मन्दिरको आर्थिक स्रोत चन्दा, दक्षिणा, भेटी तथा मन्दिर प्रांगणमा सेवासुविधा दिएबापत विवाह, व्रतबन्धबाट प्राप्त हुने शुल्क मात्र हो। मन्दिरका कार्यालय सचिव वसन्त खड्काले जग्गाजमिनको आयस्ता नआउने बताए। उनले भने, ‘गुठीको जमिन कहाँ छ, कस्तो अवस्थामा छ भन्ने जानकारी छैन।’ उनले सामाखुसी, भैँसीपाटी, गोंगबुँ लगायत ठाउँमा जग्गा छ भन्ने सुनेको बताए।

विगतमा गौशाला पशुपतिनाथ नजिक बत्तीसपुतलीमा रहेको श्रीरामचन्द्र मन्दिर नेपालको धनी मन्दिरका रूपमा गनिन्थ्यो। राम मन्दिरजस्तो ढाँचाको गुम्बज शैलीको मन्दिर नेपालमा अर्को नरहेको पुरातत्त्वविद् बताउँछन्। विगतमा जग्गाको आम्दानीबाटै मन्दिरको पूजाआजा, जात्रा, मेला सञ्चालन हुन्थ्यो।

वि।सं। १९३३ र १९५१ मा लघु आकारका शिवालाय मन्दिर परिसर निर्माण भए। राजा विक्रमादित्यको सिंहासनलाई अप्सरा स्वरुपका बत्तीसवटा पुतली उडाएर ल्याई थुम्को (डाँडो) मा राखिएको भन्ने किंवदन्ती छ। त्यसैको प्रतीक स्वरुप मन्दिरको गर्भगृहमा बत्तीसवटा पुतलीका आकृति कुँदिएका छन्। यसैको नामबाट यहाँको बस्तीको नाम नै ‘बत्तीस पुतली’ रहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।