१४ भाद्र २०८३, आईतवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धराप बन्दै राजधानीका सरकारी पर्खाल



अ+ अ-

काठमाडौं । सुन्धारा–त्रिपुरेश्वर सडकखण्डमा पर्ने केयुकेएल र टेलिकमबीचको बाहिरी पर्खाल ‘धराप’ बनेको छ ।

२०३० सालमा निर्मित दुई सय मिटर हाराहारी पर्खाल धराप बन्दा जुनसुकै बेला भत्किएर मानवीय क्षति हुने डर देखिएको छ।

२०७२ को भूकम्पयता सो पर्खाल ठाउँठाउँमा चर्किएर सडकतिर ढल्किएको छ। चौडा र अग्लो पर्खाल जोखिमपूर्ण बनेपछि बटुवा र सवारीचालक त्रासपूर्ण यात्रा गर्न बाध्य छन् ।

मानिसको बाक्लो आवतजावत भइरहने ठाउँको पर्खाल धराप बन्दै जाँदा त्यसले कुनै दिन अचानक मानवीय क्षति पुर्याउन सक्ने बटुवाको भनाइ छ ।

बुधबार केयुकेएलनजिकै भेटिएकी टेकुकी ममता महर्जनले दिनहुँ यही बाटो प्रयोग गरेर हिँड्दा मनमा त्रास हुने गरेको बताइन् ।

‘यति धेरै अग्लो पर्खाल लड्यो भने ठूलो क्षति पुग्छ,’ उनले भनिन्, ‘पर्खाल सडकतिर घोप्टिएको छ, सरकारी निकायले नै यसरी धराप थापेर बस्नु गैर–जिम्मेवारीपनाको विशिष्ट उदाहरण हो ।’, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।