१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायुसेवा निगमको ऋण ४० अर्ब कट्यो



अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगमले सरकारसहित ५ वटा वित्तीय निकायलाई तिर्नुपर्ने ऋण (कर्जा) ४० अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अधिकृत पुँजी ३० करोड मात्रै रहेको निगमको यो हालसम्मकै बढी ऋणभार हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई निगमका उच्च अधिकारीहरूले आइतबार बुझाएको विवरणमा कुल ४० अर्ब ऋणमा दीर्घकालीनतर्फ ३७ अर्ब ५८ करोड ऋण छ भने बाँकी २ अर्ब ५५ करोड छोटो अवधिको ऋण रहेको देखिन्छ ।

निगमले कर्मचारी सञ्चय कोषबाट २१ अर्ब, नागरिक लगानी कोषबाट १२ अर्ब, सरकारबाट ३ अर्बसहित ३७ अर्ब ५८ करोड दीर्घकालीन कर्जा लिएको छ । छोटो अवधिको (ओभरड्राफ्ट) कर्जाअन्तर्गत हिमालयन बैंकबाट १ अर्ब ५ करोड, राष्ट्रिय वाणिज्य बैंकबाट ७१ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकबाट २५ करोड गरी २ अर्ब ५५ करोड तिर्नुपर्ने देखिन्छ ।

यसैबीच निगमको आर्थिक वर्ष ०७५/७६ सम्मको सञ्चित घाटा ९नोक्सानी० ५ अर्ब २१ करोड हाराहारी पुगेको छ । निगमको पछिल्लो अवस्थाबारे जानकारी दिन आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको पर्यटन सचिवसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई आर्थिक वर्ष ०७४/७५ मा महालेखा परीक्षकको कार्यालयबाट प्रमाणित र ०७५/७६ को प्रक्षेपित सञ्चित नोक्सानीको विवरण प्रस्तुत गर्दै हालसम्मको नोक्सानी ५ अर्ब २१ करोड नाघेको जानकारी गराएको छ ।

०७३र७४ मा महालेखा परीक्षकको कार्यालयबाट प्रमाणित निगमको सञ्चित नोक्सानी २ अर्ब ५१ करोड थियो । ०७३/७४ मा ८८ करोड थपिँदा सञ्चित नोक्सानी ३ अर्ब ३९ करोड पुगेको थियो । ०७५/७६ को लेखा परीक्षण भइसकेको छैन तर भर्खरै सकिएको आर्थिक वर्षमा निगमले १ अर्ब ८२ करोड सञ्चित नोक्सानी पुग्ने भनेको छ ।

निगमका एक अधिकारीका अनुसार यो प्रक्षेपित सञ्चित नोक्सानीसहित निगमको सञ्चित घाटा (नोक्सानी) ५ अर्ब २१ करोड नाघेको छ । प्रधानमन्त्रीलाई प्रतिनिधिमण्डलले निगममा भएको लगानी अधिकृत पुँजीको तुलनामा अत्यधिक भएको जनाउँदै ध्वजावाहक कम्पनी उच्च वित्तीय जोखिममा रहेको भनेको छ ।

‘हामीले लगानी र पुँजीको नियमितता नभएका कारण मुद्रा अभाव र विश्वसनीयता कायम हुन नसकेको लगायतका प्रभावबारे प्रधानमन्त्रीलाई भनेका छौं,’ प्रधानमन्त्रीसँगको अन्तर्क्रियामा सहभागी एक अधिकारीले भने । यसैबीच आर्थिक वर्ष ०७४/७५ मा मात्रै निगमको घाटा ९ करोड ३३ लाखमा झरेको छ ।

त्यसअघिको आर्थिक वर्ष ०७३/७४ मा निगमको घाटा २४ करोड थियो । ०७४र७५ मा निगमले अन्तर्राष्ट्रिय उडानबाट ६ अर्ब ३४ करोड, आन्तरिक उडानबाट ३७ करोड र ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ सेवा व्यापार) बाट ४ अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

निगमले ०७५/७६ मा अन्तर्राष्ट्रिय उडानबाट ११ अर्ब आम्दानी पुग्ने प्रक्षेपण गरेको छ भने बुधबारदेखि चालु नयाँ आर्थिक वर्षमा १८ अर्बको लक्ष्य राखेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।