१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

भिजिट भिसालाई व्यवस्थित गर्न अध्यागमन विभागलाई गृहको १८ बुँदे निर्देशन

भिजिट भिसालाई व्यवस्थित गर्न अध्यागमन विभागलाई गृहको १८ बुँदे निर्देशन
अ अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई पत्र लेखेर आवश्यक व्यवस्था गर्न भन्दै १९ बुँदे निर्देशन दिएको छ ।

भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनकि भएपछि सरकारले भ्रमणमा जाने व्यक्तिको हकमा कडाइ गर्न थालेको हो । उक्त समस्या समाधानका लागि केही अघि कार्यदल बनी आवश्यक अध्ययन गरी प्रतिवेदन दिइएको छ । 
 
भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायका सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न अध्यागमन विभागले कार्यविधि तयार गरिरहेको र उक्त कार्यविधि तयार भई कार्यान्वयन नआउञ्जेलसम्मका लागि आजको सचिवस्तरीय निर्णयले १८ बुँदे निर्देशन जारी गरेको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।
 
अध्यागमन विभागलाई लेखेको पत्रमा खाडी मुलुकभन्दा बाहिर जाँदा कम्तीमा एकपटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्ति, न्यूनतमा माध्यमिक तहको शिक्षा वा सो सरहको प्राविधिक तथा व्यावसायिक सीप भई आधिकारिक निकायबाट प्रमाणित भएका वा उच्च शिक्षा हासिल भएका व्यक्तिको हकमा भिजिट भिसाका लागि आवश्यक व्यवस्था गर्न भनिएको छ ।

 पत्रानुसार अङ्ग्रेजी वा गन्तव्य मुलुकमा बोलिने अन्तर्राष्ट्रिय भाषाको ज्ञान भएका र एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा आमन्त्रणमा जाने एवं वैदेशिक रोजगारमा रहेकाका नातेदार, गन्तव्य मुलुकमा रहेको दूतावास वा नियोगबाट प्रमाणित कागजात भएका, सरकारी कामको सिलसिलामा विदेश जाने सरकारी प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि पनि भिजिट भिसाका लागि योग्य हुनेछन् ।

 नेपालमा सामान आयात÷निर्यातमा संलग्न कम्पनीका सञ्चालक, व्यवसायी र तिनका एकाघरका सदस्य, कानूनबमोजिम स्थापित संस्थाको नेतृत्व गर्ने वा सोही प्रयोजनमा सदस्य वा कर्मचारीको समूह बनाई खाडी तथा मलेसिया भ्रमणमा जान विभागबाट पूर्वस्वीकृति भएका व्यक्ति, ट्राभल एजेन्सीको घोषित टुर प्याकेजमा आधारित भ्रमण सकिएपछि फर्काउने प्रतिबद्धता भएका ९खाडी र मलेसियाका लागि अध्यागमन विभागको पूर्वस्वीकृति भएको० व्यक्ति पनि जान सक्नेछन् ।

 यस्तै वार्षिक न्यूनतम रु पाँच लाख करयोग्य आय भएका र सोको आधा रकम बैंंक खातामा बचत भएका, औद्योगिक तथा व्यावसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध संस्थाका आधिकारिक प्रतिनिधि ९कर्मचारी तथा एकाघरका सदस्य०, वैदेशिक रोजगार व्यवसायको बजार प्रवद्र्धनमा जाने व्यवसायी ९सञ्चालक, प्रतिनिधि वा एकाघरका सदस्य०, नेपाली दूतावासको सिफारिसबमोजिम बिरामी कुुरुवा, रेखदेखमा जाने तीन पुस्ताभित्रका सदस्यका हकमा पनि आवश्यक व्यवस्था गर्न भनिएको छ ।

 खाडी, मलेसिया, अफ्रिकी मुलुक र जोखिममा भएका मुलुकको भ्रमणमा जाने खेलाडी, कलाकारको हकमा आधिकारिक निमन्त्रण वा प्रायोजनपत्र प्राप्त गरेको हुनुपर्छ । 

 बिरामी कुुरुवा वा बिरामीको रेखदेखमा जाने तीन पुस्ताभित्रका सदस्य वा सो मापदण्डमा नपर्ने व्यक्तिको हकमा भने अध्यागमन विभागबाट स्वीकृति लिएर मात्रै भिसा वा हवाई टिकटको प्रक्रिया सुरु गर्ने गरी सूचित गर्न विभागलाई गृह मन्त्रालयले भनेको छ । 

 माथि उल्लिखित बुँदाको कार्यान्वयनमा द्विविधा भएमा अध्यागमन कार्यालय प्रमुखले विभागका महानिर्देशकको पूर्वस्वीकृति लिई आवश्यक निर्णय गर्नसक्ने पत्रमा उल्लेख छ ।