७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुबेर मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या कहालीलाग्दो



अ+ अ-
सांकेतिक तस्विर

महोत्तरी । महोत्तरीमा गत आर्थिक वर्ष २०७५/७६ मा डुबेर मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या कहालीलाग्दो देखिन्छ । बितेको वर्ष दिनको अवधिमा १० महीनादेखि १२ वर्ष उमेरभित्रका १८ को डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।

गत आव २०७५र७६ मा बगेर र डुबेर मृत्यु हुने २७ को मृत्यु भएको प्रहरी अभिलेखमा उल्लेख छ । जसमध्ये यही असार अन्तिम साताको बाढी र डुबानमा परी सातको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारीले जानकारी दिए ।

पछिल्लोपटक बाढी र डुबानमा परी मृत्यु हुनेमा पनि सात महीनादेखि १२ वर्षभित्रका बालबालिकाको सङ्ख्या पनि बढी छ । यसक्रममा मृत्यु भएका सातमध्ये चार १२ वर्षमुनिका र दुई १३र१४ वर्षीय किशोर छन् । यसक्रममा बाढीले बगेर एक ७० वर्षीय वृद्धको पनि मृत्यु भएको छ ।

यसबाहेक गत जेठसम्म बगेर र डुबेर मृत्यु हुने २० मध्ये १५ बालबालिका रहेको अभिलेखमा देखिन्छ । सो सङ्ख्यामा १० महीनादेखि अधिकतम १० वर्ष उमेरका बालबालिका परेका प्रहरी उपरीक्षक अधिकारी बताउनुहुन्छ । यसबाहेक ६५ वर्ष उमेर कटेका दुई र तीन बयस्क पुरुष परेका छन् ।

वर्षभरि यसरी मृत्यु हुनेमा १२ पोखरीमा डुबेका पाइएको छ । यसरी मृत्यु हुने बालबालिकामा दुईको घर अगाडि जमेको पानीमा डुबेर र दुई साना नानीको त घरमै राखिएको पानीको भाँडामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यसबाहेकका नुहाउने क्रममा पोखरीको डिलबाट चिप्लेर पानीमा डुबेका छन् ।

यस्ता घटनामा बालबालिका पर्नुमा अभिभावकको बेवास्ता मुख्य कारण रहेको प्रहरी अधिकारीको भनाइ छ । नदी र पोखरीमै तीन वर्षदेखि १० वर्षका बालबालिका नुहाउन जाँदा घरका अभिभावक बेखबर देखिएको प्रहरी बताउँछन् । अभिभावकले आफ्ना साना सन्तानबारे चासो नदेखाउँदा अकालमा बालबालिकाको ज्यान गएको देखिन्छ ।