१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको घाउमा यसरी मलम लगाउदै काङ्ग्रेस सभापति देउवा



file photo
अ+ अ-

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले डुबानबाट प्रभावित सिरहाको विभिन्न बस्तीको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री देउवाले कमला नदीको बाढीका कारण डुबानमा परेको सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, सिरहाकै कल्याणपुर नगरपालिकास्थित इटारी प्रसाहीलगायत बस्तीको निरीक्षण गर्नुभयो । पीडितको अवस्था बुझ्न यहाँ आउनुभएका सभापति देउवाले बाढीपीडितको दुखेसो सुनेपछि डुबान प्रभावितको अवस्थाले आफूलाई दुःखित तुल्याएको प्रतिक्रिया दिनुभयो ।

उहाँले तत्काल बाढी प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गर्नुभयो । आफू विपद् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएको र बाढी प्रभावितको उद्धार तथा राहत वितरण गर्न आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताउनुभयो ।

यस्तै प्रदेश नं- २ का मुख्यमन्त्री लालबाबु राउतले विपत्मा परेका बाढीपीडितलाई राहत दिलाउन आफू स्वयम् अग्रसर भई लागिपरेको बताउनुभएको छ । आज गौशालामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले बाढीपीडितका लागि प्रदेश सरकारले विभिन्न चरणमा राहतका कार्यक्रम ल्याएको जानकारी गराउनुभयो ।

प्रदेश सरकारबाट तत्काल प्रत्येक जिल्लामा राहत वितरणका लागि रु १०÷१० लाख छुट्याइएको छ भने मृतक परिवारका लागि रु तीन÷तीन लाख उपलब्ध गराइने जनाउँदै सङ्घीय समाजवादी फोरम नेपालका प्रदेश सदस्यहरुले पीडितलाई राहत दिन आधा महीनाको तलब दिने घोषणा गरेको मुख्यमन्त्री राउतले बताउनुभयो ।

तत्कालै बाढीपीडितलाई पिउनका लागि शुद्ध पिउने पानीको व्यवस्थापनका लागि हरेक जिल्लामा निर्देशन दिइएको मुख्यमन्त्री राउतले जानकारी गराउनुभयो । उहाँले प्रदेशलाई महिलामैत्री बनाउन यहाँका हरेक क्षेत्रमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको बताउनुभयो ।