६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीकुल विद्यालयद्धारा फुटसल प्रतियोगिता आयोजना



अ+ अ-

काठमाडौ । श्रीकुल स्कुल नक्खु को आयोजनमा दोस्रो श्रीकुल अन्तर विधालय ब्वाइज फुट्सल प्रतियोगिता सम्पन्न भयो । उपत्याकाब्यापी यस प्रतियोगितामा कक्षा ८,९ र १० का २३ वटा विद्यालयका २५ वटा टीमले सहभगिता जनाएका थिए ।
भैसेपाटीस्थित गोल्पोस्ट खेलमैदानमा भएको यस प्रतियोगितामा आयोजक श्रीकुल स्कुल विद्यालयको बि टीम प्रथम, सहिद धर्मभक्त स्कुल दोस्रो तथा यसश्वी गुरुकुल स्कुल तृतीय भएका थिए ।
केन्द्रिय प्याब्सनका सचिब शिव कार्की को प्रमुख अतिथ्यामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा राष्टिय समाचार समितिका वरिष्ठ सम्पादक मोहिनी मिश्र रिसाल, पत्रकार श्याम तन्डुकार, ललितपुर एन (प्याब्सन चेयर राजेश महर्जन,तथा श्रीकुल स्कुलका प्रधानाध्यापक शिवेन्द्र कार्की लगायतले प्रमाणपत्र र मेडल तथा ट्रफि वितरण गर्नु भएको थियो ।
प्रतियोगितामा श्रीकुल स्कुलका अजय राइले उत्कृस्ट खेलाडीको पुरस्कार प्राप्त गरेका थिए ।
एक्काइसौ शताव्दीको शिक्षाको चुनौती अध्ययन, अध्यापनसंगै विधार्थीहरुमा सम्पूर्ण शारीरिक विकाश अति आवश्यक रहेको अनुभूति गर्दै विगत वर्ष देखि श्रीकुल विद्यालयले यस्ता प्रतियोगिताहरुको आयोजना गर्दै आएको र आगामी दिनमा पनि यस्ता खेलकूद प्रतियोगिताहरुको आयोजना गरिने जानकारी विद्यालयले गराएको छ ।