• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

यसरी लिक भएका थिए नेपालका टप ५ काण्डहरु



काठमाडौं । नेपालको काण्डहरुको भिडियो हेर्दा जिस्केर आफैँले भिडियो बनाए पनि आफैँले लिक गरेको देखिन्न । युवकले आफ्नो र युवतीको आइफोनबाट भिडियो खिचेको देखिन्छ । युवतीको आइफोनमा रहेको भिडियो लिक भएको दाबी आइरहेको छ । युवतीलाई उनको साथीले एप्पल आइडी बनाइदिएको र सोबारे ती साथी जानकार भएकाले साथीबाट यो लिक भएको दाबी पनि बजारमा आएका छन् ।

जानकारका अनुसार एप्पल आइडीबारे जानकारी भएको अवस्थामा र सो क्लाउड कनेक्ट भएको अवस्थामा आफ्नो मोबाइलमा भएका तस्बिर र भिडियो अन्य व्यक्तिले हेर्न सक्छन् । सो भिडियो जुन पेजबाट सार्वजनिक भएको थियो, त्यहाँबाट हटिसकेको छ तर डाउनलोड गरेर राख्नेले विभिन्न ग्रुपमार्फत अझै यसलाई फैलाइरहेका छन् ।

१. अनेकथरिका काण्ड
सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यो पहिलो काण्ड भने हैन । थरिथरिका काण्ड विभिन्न समयमा आइरहन्छन् । सेक्स काण्डको संख्या पनि उत्तिकै छ । जापान काण्ड सेलाउन नपाउँदै सामाजिक सञ्जालमा बस काण्ड आयो । बसमा सवार एक यात्रुले हस्तमैथुन गरिरहेको दृश्य थियो त्यसमा ।लगत्तै तोरीबारी काण्डको नाममा अर्को सेक्स क्लिप सार्वजनिक भयो । यसअघि पनि बेस्टुकाण्ड, एयरफोन काण्ड, फिटकिरी काण्ड लगायतका नाममा तालतालका सेक्स काण्ड आए सामाजिक सञ्जालमा ।

२. बेस्टु काण्ड
१७ वर्षीय एक किशोरीले आफ्नो सम्बन्धबारे फेसबुकमा रहेको एक पेजमा गरेको कमेन्ट बेस्टु काण्डको रुपमा फैलियो गत वर्ष । नेप्लिज टिन एजर कन्फेसन नामक फेसबुक पेजमा ती किशोरीले आफ्नो प्रेमी नभएको, फेसबुकमा च्याट गर्ने क्रममा साथी बनेको व्यक्ति प्रेमी बनेको र उसलाई घरमा कोही नभएको बेलामा बोलाएर यौन सम्बन्ध राखेको लेखेकी थिइन् । प्रेमीपछि केही दिनमा आफ्नो बेस्ट फ्रेन्ड घरमा आउँदा ऊसँग पनि यौन सम्बन्ध बनेको र प्रेमीभन्दा साथीसँगको सम्बन्धमा बढी मजा आएको लेखिन् । बेस्ट फ्रेन्डसँग मजा आएको शब्दलाई लिएर यसलाई ‘बेस्टु काण्ड’ भन्दै प्रचार गरियो ।

३. जेम्स काण्ड
गत वर्ष नै जेम्स स्कुलमा पढ्ने किशोर–किशोरीको नग्न भिडियो इन्टाग्राममा सार्वजनिक भएको थियो । भिडियो उनीहरुले नै खिचेका थिए । भिडियो क्लिपमा दुवैको अनुहार प्रस्टै देखिन्थ्यो । इन्टाग्राममार्फत सार्वजनिक भएको क्लिप पछि फेसबुकमा रहेको ‘बोका संगठन’ नामक पेजले सबैतिर फैलायो र जेम्स काण्डको रुपमा चर्चा पायो ।

४. एयरफोन काण्ड
यो पनि एउटी युवतीले आफ्नो यौन सम्बन्धबारे फेसबुकको एउटा पेजमा लेखेको सन्देश हो । सन्देशमा उनले लेखेकी थिइन्, ‘म धेरै पहिलादेखि रिलेसनमा थिएँ । ५० पटक भन्दा बढी समय यौन सम्बन्ध भयो । होटलमा रुम लिन पैसा नहुने भएकाले प्रेमीसँग जंगलमा जाने गर्थें तर प्रेमीसँग सम्बन्ध राख्दा धेरै सन्तुष्टि हुन छाड्यो । एक पटक ट्राइ गरौँ न भनेर प्रेमी र मेरो एयरफोन प्रेमीको लिंगमा बाँधेर यौन सम्बन्ध राख्दा मजा आयो ।’

५. फिटकिरी काण्ड
गत वर्ष अर्को सेक्स काण्ड चर्चामा आयो, फिटकिरी काण्डको रुपमा । यो पनि एक युवतीले फेसबुकको वुमन वारियर नेपाल नामको पेजमा आफ्नो यौन अनुभवबारे लेखेको सामग्री हो । त्यसमा लेखिएको थियो, ‘मैले विवाह गर्न लागे पनि तनाव भयो । म भर्जिन थिइनँ । श्रीमान्ले म भर्जिन नभएको थाहा पाउलान् भन्ने डर थियो । कसैले यौनाङ्गमा फिटकिरी दल्दा भर्जिन जस्तै हुने सुझाव दिएपछि त्यहीअनुसार गरेँ । पहिलो सुहागरातमा मेरो रगत पनि आयो । श्रीमानले चाल पनि पाएनन् ।