१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङका ५ हजार लाभग्राहीको नाम सूचीबाट खारेज



अ+ अ-

धादिङ । भूकम्पपछि नेपाल सरकारबाट घर बनाउनेका लागि अनुदान पाउने धादिङका ५ हजार ३ सय ९३ घरधुरीको नाम लाभग्राही सूचीबाट खारेज हुने भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगर्ने भूकम्पपीडितका लागि असार २१ गतेसम्म अनुदान सम्झौता नगर्नेको नाम अनुदान पाउने लाभग्राहीको सूचीबाट हटाउने सार्वजनिक सूचना जारी गरिसकेकाले धादिङका ५ हजार ३ सय ९३ घरधुरीको नाम अनुदान पाउने लाभग्राहीबाट खारेज हुने भएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइअन्तर्गत रहेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख जयराम श्रेष्ठले २०७६ असार मसान्तसम्म धादिङ जिल्लाभर निजी आवास पुनर्निर्माणका लागि अनुदान पाउनेको सूचीमा ८३ हजार २५ घरधुरी परेको बताए । जसमध्ये ७७ हजार ६ सय २८ जनाले अनुदान सम्झौता गरेर पहिलो किस्ता लगेका छन्। उनका अनुसार ५ हजार ३ सय ९३ घरधुरीले हालसम्म अनुदान सम्झौता नै गरेका छैनन्।