७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङका ५ हजार लाभग्राहीको नाम सूचीबाट खारेज



अ+ अ-

धादिङ । भूकम्पपछि नेपाल सरकारबाट घर बनाउनेका लागि अनुदान पाउने धादिङका ५ हजार ३ सय ९३ घरधुरीको नाम लाभग्राही सूचीबाट खारेज हुने भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगर्ने भूकम्पपीडितका लागि असार २१ गतेसम्म अनुदान सम्झौता नगर्नेको नाम अनुदान पाउने लाभग्राहीको सूचीबाट हटाउने सार्वजनिक सूचना जारी गरिसकेकाले धादिङका ५ हजार ३ सय ९३ घरधुरीको नाम अनुदान पाउने लाभग्राहीबाट खारेज हुने भएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइअन्तर्गत रहेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख जयराम श्रेष्ठले २०७६ असार मसान्तसम्म धादिङ जिल्लाभर निजी आवास पुनर्निर्माणका लागि अनुदान पाउनेको सूचीमा ८३ हजार २५ घरधुरी परेको बताए । जसमध्ये ७७ हजार ६ सय २८ जनाले अनुदान सम्झौता गरेर पहिलो किस्ता लगेका छन्। उनका अनुसार ५ हजार ३ सय ९३ घरधुरीले हालसम्म अनुदान सम्झौता नै गरेका छैनन्।