३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्रतिपक्षी दल ईतिहाँसकै कमजोर, निकम्मा भयो: रायमाझी

प्रतिपक्षी दल ईतिहाँसकै कमजोर, निकम्मा भयो: रायमाझी
अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपालको संसदीय ईतिहासमै अहिलेकोजस्तो कमजोर प्रतिपक्षी कहिल्यै नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई निकम्माको संज्ञा दिएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले प्रतिपक्षी दल कमजोर भएको बताएका हुन् । उनले भने,‘मैले अहिलेकोजस्तो कमजोर प्रतिपक्षी दल कहिल्यै पनि थिएन् । म त भन्छु प्रतिपक्षी दल निकम्मा भयो । कांग्रेससँग कुनै तर्क र आधार छैन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कांग्रेसले संसद अवरुद्ध गरेकोमा पनि आक्रोश पोखे । उनले भने,‘तर्क, सर्क केही छैन बन्द भन्यो भैगयो । सत्तापक्षका सांसदले कुरा उठाएपछि मात्रै कांग्रेसले विरोध गर्छ ।’

रायमाझीले तत्काल मन्त्रिमण्डलपनि पूनर्गठन नहुने जिकिर गरे । उनले भने,‘जनताका अपेक्षा र गुनासाहरु व्यापक छन् । त्यसैले जनताका अपेक्षा पूरा गर्नेगरि काम गर्नुपर्छ । व्यक्ति बदलेर केही हुँदैन् । सोच र दृष्टिकोण बदल्नुपर्छ ।’ उनले तत्काल प्रधानमन्त्री परिवर्तन गर्नेबारे पार्टीभित्र कुनै छलफल तथा बहस नचलेको पनि स्पष्ट पारे । उनले भने,‘अहिले प्रधानमन्त्री फेर्नुपर्ने आवश्यकत्ता छैन् । वर्तमान प्रधानमन्त्रीको विकल्प छैन् । अहिले प्रचण्ड प्रधानमन्त्री बन्ने भनेर कुनै छलफल भएको छैन् । प्रधानमन्त्री मात्रै होईन तत्काल मन्त्रीहरुपनि परिवर्तन हुने सम्भावना मैले देखेको छैन् ।’

रायमाझीले दुई वटा बेग्ला–बेग्लै पार्टी मिलेर नेकपा बनेकोले पार्टीभित्र केही विरोध तथा अन्तरहरु हुनु स्वभाविक भएको स्पष्ट पारे । उनले भने,‘द्वन्द्व, विवाद र अन्तरविरोध हुनु स्वभाविक हो । यसलाई मैले सहज रुपमा लिएको छु । पार्टी एकताको अधिकांश काम सम्पन्न भैसकेका छन् । जनवर्गीय संगठन र विभागहरुको नेतृत्वको कुरा छ । यो पनि अब पार्टीको नेतृत्वले चाँडै टुँगो लगाउँछ ।’ पार्टीलाई सही दिशमा अघि बढाउनको लागि ‘रोडम्याप’ पनि तयार भैरहेको उनले जनाए ।

रायमाझीले तत्काललाई पार्टीभित्र ६०–४० वा ५५–४५ को जस्तो देखिएपनि यसले निरन्तरता नपाउने जिकिर गरे । उनले भने,‘पार्टी व्यक्तिवादी चरित्रले चल्दैन् ।’ वर्तमान सरकार विगतकोजस्तो पूरानो सरकार नभएको जिकिर गर्दै अब विकास र समृद्धिको लक्ष्य हाँसिल गर्नेगरि द्रुत गतिमा काम गर्नुपर्ने उनको सुझाव थियो ।

उनले भने,‘साना–साना नतिजाहरुभन्दा पनि यो सरकारले अब ठूला ठूला नतिजा दिनेगरि काम गर्नुपर्छ । अब विस्तारै सरकारले गरेका कामका नतिजाहरु आउँदैछन् । जस्तो अहिले पाईपलाईनबाट तेल ल्याउन काम भैरहेको छ । अब क्रमशः नतिजाहरु आउँछन् । मेलम्चीको पानी पनि अब चाँडै आउँछ ।’ काठमाडौंमा धुलो, धुँवामा अहिले सुधार आएको पनि उनको दाबी छ । उनले भने,‘विरोधको नाममा विरोध गरेर हुँदैन्, अहिले धुलो धुवाँको अवस्थामा सुधार आएको छ ।’ प्रतिपक्षी दलले कुनै कुरा नै उठाउन नसकेको उनको ठोकुवा छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मिन बहादुर बिश्वकर्माले साउन ८ गतेको संसद बैठक चल्ने वा नचल्ने भन्ने कुरा सभामुख कृष्णबहादुर महराको भूमिकामा निर्भर पर्ने स्पष्ट पारेका छन् ।

उनले भने,‘साउन ८ गतेको संसद बैठक चल्ने वा नचल्ने भन्ने कुरा सभामुखको भूमिकामा भर पर्छ । प्रतिनिधिसभाको नियमावाली छ । यसको व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ । सभामुखको भूमिका ढंगले चलेको छैन् । त्यही भएर बैठक स्थगित भएको हो । राष्ट्रियसभाका अध्यक्ष नियमावालीअनुसार चल्नुभएको छ । त्यही भएर बैठक चलिरहेको छ ।’

सांसद विश्वकर्माले संसद बैठक स्थगन् गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । उनले भने,‘अहिले जनताका दैनिक जनजीवनसँग जोडिएका विषयहरु छन्, संसद भनेको साझा थलो हो । छलफल हुनुपर्छ भनेर हामीले प्रस्ताव गरेका थियौं । तर, सरकार जनताप्रति उत्तरदायी देखिएन् ।’ उनले सभामुख महराको निर्णय क्षमतामा नै ह«ास आएको टिप्पणी गरे ।

सरकारले अहिले दिनैपिच्छे प्रतिपक्षी दललाई एउटा एउटा मुद्दा दिएको सुनाए । उनले भने,‘सरकार एकपछि अर्को गरेर विवादमा फसेको छ । जनअपेक्षाअनुसार काम गर्न सकेको छैन् ।’ विषादी प्रकरणमा वर्तमान कृषिमन्त्री चक्रपाणी खनालले देश र जनतालाई ढाँटेको उनको आरोप छ ।
उनले भने,‘नेपाल डब्लु.टि.ओ.को सदस्य सन् २००४ मा भएको हो । त्यतिबेला नेपालमा खाद्य प्रविधि तथा अध्ययन अनुशन्धान कार्यालय खोलिएका हुन् । अहिले त देशमा १२ वटा निकाय छन् । तर, उहाँले कार्यालय र निकाय छैन भन्नुभयो ।’ उनले नेपालले भिजिट नेपाल–२०२० मनाउन गैरहेको सन्दर्भमा यसरी तरकारीमा विषादी खुवाउने हो भने कसरी पर्यटकहरु नेपाल आउँछन् ? भन्दै प्रश्न गरे ।

त्यतिमात्रै नभएर यही असार २५ गतेको मन्त्रिपरिषद बैठकले विदेशमा ल्याउने सामानको म्याद गुज्रने मितिलाई ८० प्रतिशतबाट घटाएर ४० प्रतिशतमा झारेको पनि उनले सुनाए । उनले भने,‘डब्लु.टि.ओ.अनुसार विदेशी सामान आयात गर्दा ८० प्रतिशत म्याद गुज्रने मिति हुनुपर्ने थियो, अब त सरकारले त्यसलाई पनि घटाएर ४० प्रतिशतमा झारेको छ । सामान उपभोक्ताको हातमा पुग्दा त म्याद नै गुज्रन्छ ।’

उनले सरकारका गलत कामका बारेमा कांग्रेसले सडक र सदन दुवै ठाउँबाट संघर्ष गर्ने पनि बताए । नेता विश्वकर्माले सरकारले वितण्डा मच्चाईरहेको पनि आरोप लगाए । उनले भने,‘आफूले गरेका गलत काम र वितण्डाको बारेमा जनताले थाहा पाउँछन् र नांगेझार भईन्छ भन्ने डरले सदन स्थगित गरिएको हो ।’

उनले पार्टीको संशोधित नियामावली सर्वसम्मतीले पारित हुने दाबी गरे । उनले भने,‘कृष्ण सिटौलाजी उपस्थिति भएको बैठकले नै विधान पारित भएको हो ।’ उनले पार्टीको आचरण र अनुशासनभित्र के पर्ने ? के नपर्ने ? भन्नेबारे विवाद भएको भन्ने चर्चामाथि टिप्पणी गर्दै भने,‘पद प्राप्त गर्ने रणनीतिअनुसार कुराहरु आएका हुन् । पार्टी अनुशासनअनुसार चल्नुपर्छ ।’ कांग्रेसका भातृसंगठन र शुभेच्छुक संघ–संस्थाहरुले अनुशासन मान्न नहुने भनेर केही साथीहरुले वकालत गरेको सुनाउँदै त्यसलाई उनले हाँस्यस्पदको संज्ञा दिए ।

विश्वकर्माले पार्टीको लेबी र शुल्क लिने विषयमा पनि केही साथीहरुले धेरै भयो भनेर तर्क गरेकोमा नियतमाथिको प्रश्न भएको धारणा राखे । उनले भने,‘कांग्रेस पदाधिकारीले मासिक ६ सय तिर्नुपर्ने कुरा के बढि हुन्छ ? यो त नियतमा प्रश्न हो । यो त पार्टीभित्रको प्रतिपक्षी नियत हो ।’