१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा आफु जसरी पनि हुनुपर्यो भन्ने संस्कार मौलायो : महामन्त्री डा. कोईराला



अ+ अ-

काठमाडौं । नेपाली काग्रेसका महामन्त्री डा. शशाङ कोईरालाले आफु जसरी पनि हुनुपर्यो भन्ने संस्कार मौलाउदै गएको बताउनु भएको छ । विपी पुत्र समेत भएका डा. कोईरालाले ३७ विपि स्मृति दिवसको उपलक्ष्यमा सो कुरा उल्लेख गर्नु भएको हो ।

महामन्त्री डा.कोईरालाले विपीलाई स्मरण गर्दै “आफु भन्दा पार्टी, पार्टी भन्दा देशलाई महत्व दिने विपीको संस्कार अहिले देश र पार्टी जे होस् म चाहीँ जसरी पनि हुनुपर्यो भन्ने जुन संस्कारको विकास भएको छ यो परिपाटीले पार्टी र देश दुवैको हित नहुने बताएका छन् ।”

समाजवादमा विपीको विचारलाई अझ फैलाउन गम्भिरताका साथ एक जुट भई अघि वढ्नुपर्ने आजको आवश्यकता औल्याउदै विपीले राजनितिमा नैतिकतालाई सधै उच्च स्थानमा राख्नुपर्छ भन्दै प्रवासबाट नेपालका साथीहरुलाई लेखेको पत्रमा साधारण जिवनमा नैतिकताको स्थान रहेको र त्यस्तै राजनितिमा पनि । नैतिकता विनाको राजनितिले कहि कतै नपुर्याउने महामन्त्री कोईरालाले बताएका छन् ।