१० असार २०८३, बुधबार
,
Latest
लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैलुङ–स्याफ्रु अन्तर्राष्ट्रिय राजमार्ग अलपत्र, ३५ करोड बुझेपछि ठेकेदार गायब



अ+ अ-

रसुवा । ठेकेदार कम्पनीले बीचमै काम छोडी हिँडेका कारण मैलुङ– स्याफ्रु खण्डको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवं सुधारको काम अलपत्र परेको छ । मैलुङदेखि स्याफ्रुबेँसीसम्म १९ किलोमिटर भूभागको स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवं कालोपत्रसमेतका कार्यसम्पन्न गर्न ठेक्का पाएको भारत सिद्धीशाही कन्स्ट्रक्सन जेभीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजना निर्माणमा बाधा पुगेको हो ।

 एक अर्ब ४५ करोडको लागतमा लागत इष्टिमेटअनुसार कार्य सम्पन्न गर्ने गराउने सम्झौता गरी कार्यारम्भ गरेको सो कन्स्ट्रक्सनले रु ३५ करोडको बिल भुक्तानी लिँदासाथ यही फागुन ५ गतेदेखि काम छोडी हिँडेको गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका आयोजना प्रमुख नीरज शाक्यले बताउनुभयो । ठेकेदार कम्पनीका जिम्मेवार प्राविधिक हिँडेपछि स्थलगत काम पूर्णरूपमा बन्द भएको छ ।

जिम्मा लिएको काम छोडी राजमार्ग विस्तारमा बाधा पु¥याएका कारण सूचना जारी गरी काममा फर्कन आग्रह गर्दासमेत सम्पर्कमा नआएकाले नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ । ठेक्का रद्दका लागि चरणबद्धरूपमा दोस्रो सूचना पुनः जारी गर्ने तयारीसमेत भइरहेको प्रमुख शाक्यले बताउनुभयो । बीचमा काम छोडी त्रिदेशीय राजमार्ग निर्माणमा बाधा पु-याउने सो कम्पनी पुनः काममा नफर्किए निजले अग्रिम पेस्कीबापत बुझेको रू साढे बाह्र करोड असुल गरी नयाँ प्रक्रियामा अगाडि बढ्न आयोजना बाध्य हुने बताइएको छ ।
              
नेपाली सेनाद्वारा डबल लेनमा खोलिएको सो राजमार्गमा हालसम्म सुधारका कार्य भने २३ प्रतिशत मात्र भएको प्राविधिकले जनाएका छन् । गल्छीदेखि स्याफ्रुसम्म निर्माण गर्नुपर्ने १६ वटा पुलमध्ये चार वटा सम्पन्न भई यातायात चालु भइसकेको र अन्य पक्कीपुल धमाधम निर्माण भइरहेका छन् ।
             
यसरी सम्पन्न हुने पुलमा नुवाकोट जिल्लाको कोल्फुखोला, महेशखोला, गेर्खु खोला र रसुवा एवं नुवाकोटको सिमाना फलाखु खोलाको पुल साइटका ससाना कामबाहेक अन्य संरचना निर्माण सम्पन्न भइसकेको बताइएको छ । मङ्सिर, पुस, माघको चिसो याममा काम गर्ने कामदारको दैनिक ज्यालासमेत उक्त भारत सिद्धीशाही कन्स्ट्रक्सनले नदिएको भन्दै ज्याला असुल उपरका लागि मजदुरबाट निवेदन प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।रासस