३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एकल महिला र वृद्धवृद्धालाई घरमा नै सामाजिक सुरक्षा भत्ता !

एकल महिला र वृद्धवृद्धालाई घरमा नै सामाजिक सुरक्षा भत्ता !
अ+ अ-

डोटी । सरकारले श्रीमान् बितेका एकल महिला तथा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिइरहेका बेला जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म पनि बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७६र७७ को नीति, कार्यक्रम तथा बजेटमार्फत बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्यक्रमलाई अगाडि बढाउने भएको छ । कम्तीमा पनि ५० वर्षसम्म बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक सुरक्षा भत्ता नगरपालिकाले प्रदान गर्ने र उनीहरुलाई सीपमूलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति नगरपालिकाले लिएको नगर प्रमुख मञ्जु मलासीले बताए ।

उनले भने,‘कम्तीमा पनि ५० वर्षसम्म बिहे नगरेर एकल जीवनयापन गरिरहेका महिलाको वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक भत्ता दिइने योजना बनाएका छौँ, त्यस्ता महिलालाई भत्ता दिइने छौँ ।’ बिहे नगरेर एकल बसेका महिलालाई उक्त कार्यक्रमले आर्थिक तथा सामाजिक विकासमा मद्दत पुग्ने अपेक्षा नगरपालिकाले गरेको छ ।

नगरपालिकाभित्र ५० वर्षसम्म बिहे नगरी बसेका एकल महिला के कति सङ्ख्यामा छन्, उनीहरुलाई परिचयपत्रको व्यवस्था कसरी गर्ने र सामाजिक सुरक्षा भत्ता कसरी प्रदान गर्ने भन्ने विषयमा विशेष कार्यविधि तयार गरिन लागेको नगरपालिका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिए ।

आगामी मङ्सिर महीनादेखि उक्त कार्यक्रम शुरुआत गर्ने गरी कार्यविधि तयार गरिने नगरपालिकाले योजना बनाएको छ । बिहे नगरी बसेका एकल महिलाका क्षेत्रमा दिपायल सिलगढी नगरपालिकाले यो नौलो कामको शुरुआत गर्न थालेको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए । दिपायल सिलगढी नगरपालिकामा ५० वर्षसम्म बिहे नगरेर एकल जीवनयापन गरिरहेका थुप्रै महिला हुनसक्ने अनुमान गरिएको छ ।

घरमा नै सामाजिक सुरक्षा भत्ता

दिपायल सिलगढी नगरपालिका–२ को कार्यालयले सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको घरैमा पुगेर सामाजिक सुरक्षा भत्ताबापतको रकम वितरण कार्यक्रम शुरु गरेको छ । नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वडाभित्र रहेका अशक्त र बैंकसम्म जान नसक्ने अवस्थामा रहेका वृद्धवृद्धा, अपाङ्गता भएकालाई लक्षित गरी वडा कार्यालयले घरघरमै गएर वितरण गर्ने कार्य गरिएको वडाध्यक्ष राजेन्द्रबहादुर खड्काले बताए ।

उनले भने, ‘हाम्रो वडामा भएका बैंकसम्म जान नसक्ने अशक्त, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई सहज होस् भनेर हामीले उहाँहरुको घरमै गएर सामाजिक सुरक्षा भत्ता दिने अभियान चलाएको छौँ, बैंकसम्म जान सक्नेको हकमा बैंक खातामै पैसा जम्मा हुनेछ ।’

एक वर्ष अगाडिबाट नै सामाजिक सुरक्षा भत्ताको लागि सम्बन्धित व्यक्तिको खाता दिपायल पिपल्लामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा खोलेको खातामा नै वडा कार्यालयले रकम उपलब्ध गराउने गरेकामा बैंकसम्म पुग्न नसक्नेका लागि घरैमा नै रकम उपलब्ध गराइएको वडा सचिव लालबहादुर कठायतले बताए ।

सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यमा राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले पनि सहयोग गरिरहेको बैंकका कर्मचारी गणेशबहादुर विष्टले बताए । उनले भने, ‘बैंकमा खाता खेलेका तर बैंकसम्म आउन नसक्ने अवस्था भएका व्यक्तिलाई घरैमा सामाजिक सुरक्षा भत्ता दिन हामीले पनि वडा कार्यालयलाई सहयोग गरिरहेका छौँ, घरैमा भत्ता पाएपछि नागरिक पनि खुशी भएका छन् ।’

वडा कार्यालयले घरैमा सामाजिक सुरक्षाबापतको भत्ता दिन थालेपछि सो वडाका अशक्त, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्ति निकै खुशी हुन थालेको दिपायल सिलगढी नगरपालिका–२ पुनेवाटाका स्थानीय डम्बर कठायतले बताए । उनले भने, ‘भत्ता लिन बैंकसम्म जान नसक्नेलाई वडा कार्यालयले घरैमा भत्ता दिन थालेको छ, घरैमा भत्ता पाउन थालेपछि नागरिक खुशी छन् ।’

डम्बर कठायतजस्तै वडामा रहेका अन्य वृद्धवृद्धालाई समेत अहिले भत्ता लिनमा सहज भएको छ । वडाका नागरिक र जनप्रतिनिधिबीचको सम्बन्धलाई सुमधुर र नजिक रहेर काम गर्ने मध्यमको रुपमा यस कार्यक्रमलाई लिइएको वडाध्यक्ष राजेन्द्रबहादुर खड्काले बताए ।

उनले थप भने, ‘घरैमा भत्ता दिने कार्यक्रमले बैंकसम्म जान नसक्नेलाई सहज त भयो नै, त्यसमा पनि वडाका नागरिक र जनप्रतिनिधिबीचको सम्बन्ध झन सुमधुर हँदै गएको छ ।’ साथै वडालाई हरियाली र वातावरणीय सौन्दर्यता कायम गर्नको लागि ‘एक घर, एक फलफूल बिरुवा वितरण’ कार्यक्रमअन्तर्गत रहेर वडा कार्यालयले वडाभित्र करीब ७०० आँप र २०० लिच्चीका बिरुवासमेत वितरण गरिएको वडासचिव लालबहादुर कठायतले जानकारी दिए ।

जिल्लाको दिपायल सिलगढी नगरपालिकाका वडामध्ये अशक्त, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर सामाजिक सुरक्षाबापतको रकम वितरणको अभियान चलाउने यो वडा कार्यालय पहिलो भएको वडाध्यक्ष खड्काको दाबी छ ।