२० भाद्र २०८३, शनिबार
,
Latest
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन निश्चित, जेरेमी हन्ट पराजित



अ+ अ-

काठमाडौ: बेलायतको सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा भारी बहुमत पाएका बोरिस जोन्सन बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको छ । उनले बिहीबार प्रधानमन्त्री पदको सपथ लिने अनुमान गरिएको छ । प्रधानमन्त्री थेरेसा मेले प्रधानमन्त्री पदबाट राजीनामा दिएसँगै पार्टीभित्र नेतृत्वका लागि मतदान भएको थियो ।
जोन्सनले पार्टीको चुनावमा ९२ हजार १५३ र अर्का उम्मेदवार विदेशमन्त्री जेरेमी हन्टले ४६ हजार ६५६ मत प्राप्त गरेका थिए ।
बेलायत युरोपेली युनियनबाट अलग हुनुपर्छ भन्ने प्रखर अडान राख्ने जोन्सन निर्वाचित भएसँगै ब्रेक्जिटबारे थप बहस हुँदैछ । मुख्य विपक्षी पार्टीले भने ब्रेक्जीटमा समर्थन गरेको छैन ।
यही विवादका कारण प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएकी थिइन् ।