३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

आज साउन ८ गते बुधबार, के भन्छ तपाईको राशिफल

आज साउन ८ गते बुधबार, के भन्छ तपाईको राशिफल
अ+ अ-

वि.सं. २०७६ साउन ८। बुधबार। इ.स. २०१९ जुलाई २४। श्रावण कृष्णपक्ष। सप्तमी, १३:५६ उप्रान्त अष्टमी।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : नया प्रबिधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने नया ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाम्पत्य सुखले मन प्रफुलित हुनेछ । सानो लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुदा आर्थिक अवस्था सुदृड हुनेछ । पुराना कामहरु फत्ने हुने तथा नया काम आउने हुदा दैनिक व्यास्त जस्तै रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : कामकै सन्द्रर्भमा समाजका बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा सोचेजस्तो नतिजा हात लाग्ने हुँनाले घर परिवार तथा आफन्तहरु खुसि हुनेछन् । व्यापार व्यावसायमा समय दिनेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् भने नयाँ ठाउँमा लगानि गर्ने बाताबरण बनेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुँनाले काम गर्न सहज हुनेछ । माया प्रेममा रमाउँने चाहनेहरुका लागि समयले साथ दिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । नया काम पाउने तथा नोकरिमा मान सम्मान पाईने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारि जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । ठुलाबढा तथा बिशिष्ट व्याक्तिहरुको आशिर्वाद पाईने हुदा मन प्रशन्न हुनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) : बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) : समयमा कामहरु सकिने हुँदा अन्य क्षेत्रमा पनि हात हाल्ने तथा लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने व्यापारकै शिलशिलामा देश बिदेशको यात्रा गर्न सकिनेछ । मन परेको मानिस तथा जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिने हुँदा आर्थिक रुपमा सम्पन्न हुँने समय रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । ब्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ भने आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : अध्ययन तथा अध्यापनमा सफतला मिल्नेछ भने बिचार गरेर बुन्ने योजनाहरु सफल रुपमा सम्पन्न हुनेछन् । व्यापार व्यावसाय फस्टाएर बिशेषगरि स्कुल कलेज तथा शेयर बजार तिर गरिने लगानिमा सुधार भएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने आफन्त तथा आत्मीय मित्रहरुबाट सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । भौतिक सम्पति तथा मन परेको सामान प्राप्त हुने हुदा खुसिले उचाई नाघ्नेछ । बिहानी पखको समय मध्ययम रहेकोले आमा वा घर परिवारका सदस्यहरुलाई छोडि यात्रा गर्नु पर्दा नरमाईलो लाग्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : बिहानको समय राम्रो रहेकोले लामो तथा छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । घरजग्गा तथा पशुपालन व्यावसायमा समय खर्चने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । समयमा काम नसकिने हुँनाले मान सम्मानमा कमिको महशुस हुनेछ । माया प्रेममामा एक अर्काबिच केहि समयको लागि टाडिनु पर्ने बाध्यात्मक परिस्थितिको सिर्जना हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुनेहुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ । बिवादित बिषयहरु आज टुङग्याउनु उचित हुनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नु पर्ने हुँनसक्छ । व्यापारमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । बिहानको समय मध्यमय रहेकोले राजनिति तथा जनतासँग घुलमेल गर्दा वा काम गर्दा ख्याल गर्नुहोला आलोचना हुन सक्छ ।
नेपाली पात्रोवाट