१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाउरा निकाल्न खोज्दा पानीको भेलले बगाएर एक युवक बेपत्ता



अ+ अ-

सप्तरी– सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा बगेर आज सोही ठाउँका मो सलामतका छोरा ३४ वर्षीय मो नसिर मियाँ बेपत्ता भएका छन् ।

बाढीले बगाएर ल्याएको दाउरा निकाल्न खोज्दा पानीको भेलले बगाएर लगेको प्रत्यक्षदर्शीले बताएको रुपनीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुई दिनदेखिको वर्षाले खाँडो खोलामा बाढी आएको र बाढीसँगै बगाएर ल्याउने दाउरा, काठका मुढा निकाल्ने क्रममा बेपत्ता भएका मियाँको खोजबिन भइरहे पनि हालसम्म पत्ता नलागेको उक्त कार्यालयका प्रहरी उपरीक्षक सुरेश ठाकुरले बताए ।