३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

श्रीमानको मोबाइलमा श्रीमतीले फेसवुक खोलेपछि…

श्रीमानको मोबाइलमा श्रीमतीले फेसवुक खोलेपछि…
अ+ अ-

काठमाडौं । राज भण्डारीले दुई महिना अघि झापाकी रमिता पोखरेलसँग मागी विवाह गरेका थिए। २०७६ बैशाख १८ गते राज र रमिताबीचमा धुमधामसँग विवाह भएको थियो। केही दिन उनीहरु रमाइलोसँग बसे। २०७६ जेठ ३२ गते राज र रमितासँगै ससुराली भद्रपुर गए। ससुरालीमा रहेको समयमा रमिताले श्रीमानको मोबाइलबाट आफ्नो फेसबुक खोलिन्।

फेसबुकमा उनले ‘लग आउट’ गरिनन्। भर्खरै बिहे गरेकी श्रीमतीको फेसबुकमा गाउँमै मामा भन्ने एक जनाले म्यासेज गरिरहेको र कुराकानी हुने गरेको राजले जानकारी पाए। उनीहरुको कुराकानीमा शंका लाग्यो उनलाई। शंका लागेपछि राजले उनीहरुको कुराकानीलाई पछ्याउन थाले। शिव कौशिक रमिताको घरमा पूजा गराउने पण्डितसमेत हुन्। उनीहरूबीचमा बिहेअघि नै सम्बन्ध रहेको आशंका राजले गरे।

रमितासँगको फेसबुकमा पण्डितसमेत रहेका शिवले दुईवटा बिहेको योग परेकाले रमिता र राजबीचको सम्बन्ध टिकाउ नहुने ज्योतिषीय दाबी गरेका थिए। दुई बिहेको योग मेटाउन केही समयमा कदम चाल्नुपर्ने जानकारी उनले गराए। तर केही समय पहिले मात्र राज रमिताको चिना उनैले हेरेर उत्तम जोडी बन्ने भन्दै लगन जुराइदिएका थिए। केही दिन आफू माइत बसेर आउने भनेपछि राजले रमितालाई भद्रपुरमै छोडेर आफ्नो घर फर्केका थिए। राज आफ्नो घर र रमिता माइत रहेको भएपनि उनीहरुबीच कुराकानी सामान्य नै चलिरहेको थियो।

रमिताको गतिविधिप्रति शंका लागेपछि राजले फेसबुक च्याटमा उनको नियमित फलो गरिरहेका थिए। यही बीचमा रमिता र शिवबीचको कुराकानीमा बिहे दोष मेटाउने कुराकानी भयो। रमिताले उक्त दोष मेटाउन के गर्नुपर्ने हो, आफू तयार रहेको बताइन्। उनका उक्त कुरापछि पण्डित शिवले बिहेको दोष मेटाउन बिहे अघि वा पछि परपुरुषसँग यौ८न सम्बन्ध राख्नुपर्ने बताए। यो उनको अप्रत्यक्ष यौन प्रस्ताव थियो।

पण्डितको उक्त प्रस्ताव कसरी सम्भव छ भनी रमिताले जवाफ फर्काइन्। पण्डित शिवले अन्य बाहिरी मान्छेसँग यस्तो सम्बन्ध बनाउन सम्भव नभए आफैं कटाइदिन तयार रहेको बताए। पण्डितको उक्त जवाफपछि रमिताले कहाँ र कुन ठाउँमा भनी उनको प्रस्ताव स्वीकार गरिन्।

पण्डित र रमिताबीचमा उनको माइतीमै उक्त कार्य सम्भव हुने गरी योजना बन्यो। रमिताको माइतीमा दिउँसो बाबुआमा जागिरमा जाने भएकाले उक्त स्थान सुरक्षित भएको उनीहरुको निष्कर्ष थियो। सोही कुराकानीपछि २०७६ असार ८ गते बिहान अन्दाजी १०।१५ बजे रमिताको माइतीमा शिव पुगे। शिव उक्त घरमा पुग्दा रमिता मात्रै थिइन्। पण्डित र श्रीमती रमिताको कुराकानी राजले पछ्याइरहेका थिए।

उनले ससुराली पुगेर आफूसहित अन्य केही साथमा लिएर श्रीमतीको घर पछ्याउन थाले। राज अघिल्लै दिन असार ७ गते भद्रपुर पुगेर बसेका थिए। ससुराली पुग्दा शंका हुने र श्रीमतीको योजना सफल नहुने भन्दै उनी अन्य स्थानमा बसे। बिहे गरेको दुई महिनामै श्रीमतीको ब्यवहारवाट अचम्ममा परेका उनी रंगेहात पक्राउ गर्ने योजनासहित पर्खिरहे।

असार ८ गते बिहान उनी १० बजे ससुराली नजिकै पुगे र नजिकै चिहाएर बसे। सासु–ससुरा जागिरमा हिडेलगत्तै पण्डित शिव उक्त घरमा प्रवेश गरे। शिव घरमा पसेको पाँच मिनेटपछि राज उक्त घरमा छिरे। बन्द ढोकाभित्र यौन क्रियाकलापमा संलग्न भएको अवस्थामा उनीहरुलाई फेला पारे राजले। १२ जना मानिसको टोलीसहित ससुराली पुगेका राज आफ्नी श्रीमती नाङ्गै परपुरुषसँग यौन क्रियाकलापमा संलग्न भएको देखेपछि प्रहरीलाई खबर गरे।

उक्त घटनापछि राजले रमितालाई अस्वीकार गरेर पण्डित शिवलाई जिम्मा लगाए। गाउँलेसहितको टोलीले शिवलाई जिम्मा लगाएपछि रमिता चुप बसिनन्। पण्डित शिवले आफूमात्र भएको समयमा घरभित्र प्रवेश गरी जबरजस्ती करणी गरेको भन्दै प्रहरी कार्यालयमा जाहेरी दिइन्। उनको उक्त जाहेरीका आधारमा हाल झापा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा विचाराधीन छ।

दुई महिनामै बिहे समाप्त भएपछि रमिताले श्रीमान विरुद्ध पनि जाहेरी दिइन्। श्रीमान राजले आफ्नो फेसबुक दुरुपयोग गर्दै अनधिकृत रुपमा चलाएर बलात्कारसम्म पुर्‍याएको भन्दै विद्युत्तीय कारोबार ऐन अन्तर्गत कारबाहीको माग गर्दै रमिताले जाहेरी दिइन्। उक्त मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतले सुनुवाई गर्दै राज अधिकारीलाई २५ हजार धरौटीमा छोडेको छ। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले विद्युत्तीय कारोबार ऐन अनुसार उनीसँग धरौटी माग गर्ने आदेश गरेको हो।