३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

झुक्किएर पनि यस्ता युबतीसंग सम्बन्ध नजोड्नुहोस्, हेर्नुहोस्

झुक्किएर पनि यस्ता युबतीसंग सम्बन्ध नजोड्नुहोस्, हेर्नुहोस्
अ+ अ-

काठमाडौं । हामी कस्तो मानिससँग जोडिएका छौँ भन्ने कुराले सताउने गर्छ । किनकी कुनैपनि सम्बन्ध राम्रो हुन दुवैको समान भूमिका र जिम्मेवारी रहेको हुन्छ । उही पुरानै उखानको याद आउँछ कि ‘एक हातले ताली बज्दैन’ । र मानिस कस्तो मान्छेको साथमा बाँकी जीवनको सुनौलो कल्पना गर्दैछ भन्ने कुराले उसलाई बेलाबेलै गम्भीर बनाउने गर्छ । प्रेम सम्बन्ध, वैवाहिक जीवन कसरी राम्रो बनाउने भन्ने बारे पनि खोज अनुसन्धान गरिरहेको हुन्छ मानिसले । एक अर्कालाई पूर्णरुपले जस्तो छ त्यस्तै अवस्थामा स्वीकार्नु, साझा लक्ष्य वा स्वार्थ पहिचान गर्नु, थोरै म बद्लिन्छु, थोरै तिमी बद्ल र थोरै सम्झौता गरौँला भन्ने भावनाहरुले सम्बन्धलाई नाटकीय रुपले मजबुत बनाउँछ ।

यद्यपि आजको विषय भनेको अहिले सम्म अक्सर यस्ता युवासँग सम्बन्ध जोड्नुस्, उस्तासँग सम्बन्ध तोड्नुस् जस्ता सुझावका आलेखहरु पढ्ने गरिएको छ । यहाँ केही यस्ता व्यवहारिक विषयहरु छन् जसले तपाइले कस्ता युवती छान्ने भन्ने केही टिप्सहरु दिन्छ ।

गुडम्यान प्रोजेक्टमा प्रकाशित केही यस्ता गुणको वर्णन गरिएको छ यदि यी गुणहरु तपाइको हुनेवाला जीवनसाथीसँग छैन भने विकल्प रोज्ने कि ? वा यो लेख पढ्न दिने पो हो कि ?

१. प्रशंसा नगर्ने स्वभाव : यदि तपाइ एक वफादार प्रेमी हुनुहुन्छ भने तपाइ सधैँ केही न केही आफ्नो मान्छेको लागि गरिरहनुभएको हुन्छ । त्यस्तै तपाइको आफ्नै उन्नति प्रगति, शिक्षामा सफलता आदि कुराले आउँदो सम्बन्धमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्दछ । यी केही पनि कुराहरुमा यदि उनले तपाइको प्रशंसा गर्दिनन् भने तपाइले अरु कोही भेट्नुहुनेछ जो तपाइको मेहनत प्रति कृतज्ञ होस् ।

२. अरुसँगको उनको व्यवहार : यदि तपाइको कोही आफन्त साथी वा क्याफेमा काम गर्ने मान्छे आदिसँग उनको व्यवहार कस्तो छ भन्ने कुराले पनि सम्बन्धमा ठूलो माने राख्दछ । यो दुवैको कुरामा लागू हुन्छ । मतलब मानवीय स्वभाव आवश्यक छ कुनै सम्बन्ध अघि बढाउन ।

३. सबैमा अधिकार जमाउनु : विशेष अवसर बाहेक अन्य बेलामा पनि केही वस्तु वा घुम्न जाने कुराको निम्ति कुनै पनि हालतमा उनलाई पहिलो प्राथामिकता दिनै पर्छ भने यो पनि सुखदायक लक्षण होइन । किनकी सम्बन्ध भनेको दुईवटा चालकले चलाएको एउटै गाडी हो । कहाँ सम्म लाने भन्ने निर्धारण नितान्त दुवैको आनीबानी र भावनाले गर्छ ।

४. नकारात्मक तार्किकता : तपाइ जति धेरै माया गर्नुस् । वा ख्याल गर्नुस् तर त्यो व्यक्तिले तपाइका हरेक प्रयासहरुलाई नकारात्मक ढंगले व्याख्या अपव्याख्या गर्छ भने त्यस्ता मान्छेलाई तपाइको जीवनबाट सँधैका लागि टाढै राख्नुस् ।

५. भविष्यको साझा लक्ष्य धेरै फरक भए : दीर्घकालीन सम्बन्धको बारेमा कुरा गरिरहँदा यदि दुवै जनामा कम्तिमा न्युनतम साझा लक्ष्य हुन आवश्यक छ । यदि तपाइ मेडिटेसन सेन्टर चलाउने योजनामा हुनुहुन्छ तर आफ्नो पार्टनरले चाँहि वियरको डिलर खोल्ने सोच बनाउँछ भने यसले सम्बन्धमा तित्तता जरुर पैदा गर्दछ । गम्भीर बन्नुस् किनकी जीवनका केही साधारण कुराहरु पनि मिल्न सकेन भने अलमल र दुःखदायी बन्नेछ । यदि यस्तो स्थिति छ भने यो जालोमा नफस्नुस् ।

जीवनको अन्त्य त्यतिखेर हुन्छ जब हामी रुपान्तरण वा परिवर्तन स्वीकार्दैनौँ । तर आफूले आफ्नो कमी कमजोरी पहिचान गरेर त्यसलाई सुधार्ने तर्फ ध्यान लगाएर जीवनको सुनौलो क्षितिज निर्माण गर्ने हामीसँग सँधै यो विकल्प बाँकि रहेको हुन्छ ।

६. गैरजिम्मेवार वा दोष थोपर्ने : मानिसले गल्ती गर्नु स्वाभाविक हो । गल्तीलाई स्वीकारेर अघि बढ्नु जीवनको हरेक पाटोमा बुद्धिमानी हुन जान्छ । तर यदि तपाइकी प्रेमिकाले आफ्नो गल्ती कैलै देख्दिनन् र अक्सर तपाइमाथि घटना परिघटनाको दोष देखाउन खोज्छिन् भने यसले ज्यादातर सम्बन्धमा खुशीयाली ल्याउने छैन, जानी राख्नुस् ।

७. अनावश्यक हक जमाउने : हरेक मानिसको व्यक्तिगत जीवन फरक फरक हुन सक्छ । त्यसैले तपाइको जीवनसाथीले यदि तपाइका अन्य साथीभाइसँग घुम्ने, रमाउने समयसँग रिसराग गर्ने, वा अनावश्यक हक जमाउने गर्छिन् भने यसले पनि द्धन्द्ध सृजना गर्छ ।

८. अनियमितता : यदि तपाइसँग उनी अनियमित छिन् भने विचार गर्नुपर्ने हुन्छ । जस्तै, यदि तपाइको फोन कल्स वा मेसेजहरुको ठीक ढंगले प्रतिउत्तर आउँदैन भने सम्झनुस् सायद उनीमा तपाइप्रतिको लगाव कम भएको छ । यदि यसो हो त कृपया खुशी खुशी आँफै टाढा रहनुस् । कहिल्यै पश्चाताप हुने छैन ।