२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुद्दा मिलाइदिने भन्दै १८ हजार घुस लिने प्रहरी पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा कमजोर बनाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग १८ हजार रुपैयाँ मागेको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले घुससहित दुई जना प्रहरीलाई पक्राउ गरेसँगै उक्त कुरा सार्वजनिक भएको हो ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षक द्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकार रहेका छन् ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विशेष सूचना र उजुरीका आधारमा खटिएको टोलीले उनिहरु काठमाडौं महानगरपालिका वडा नं. ८ स्थित मिथिला काबेली यातायात सेवा प्रा.लि. र अनलाइन डिलक्सको टिकट काउन्टरको अफिस अगाडिको सार्वजनिक सडक किनाराबाट १८ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।