४ असार २०८३, बिहीबार
,
Latest
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री प्रतिनिधिसभाः सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैनः अर्थमन्त्री प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाली एयर कोर्योको मकाउ उडान



अ+ अ-

हङकङ । उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक बिमान सेवा एयर कोर्योले अर्को सातादेखि प्योङयाङबाट मकाउमा पुनः सिधा हवाई सेवा शुरु गर्न लागेको छ । मकाउ नागरिक उड्डयनले करिब १५ वर्षपछि एयर कोर्योलाई उडान अनुमति दिएको हो ।

उत्तर कोरियाली बिमान सेवा एयर कोर्योले हाल चीनको बेइजिङ र शेनयाङ तथा रुसको भ्लाडिभोस्तकमा मात्र उडान गरिरहेको छ । एयर कोर्योको मकाउ चौथो गन्तव्य हो ।

मकाउ नागरिक उड्डयनले जारी गरेको वक्तव्यमा आगामी अगष्ट २ देखि हप्तामा दुईवटा मकाउ–प्योङयाङ सिधा उडान हुने उल्लेख छ ।

सन् १९९६ देखि २००४ सम्म दुवै शहरबीच नियमित उडान हुँदै थियो । एसियाको “लास भेगास” का रुपमा लिइने मकाउ र उत्तर कोरियाबीच लामो पारम्परिक सम्बन्ध रहिआएको छ ।

उत्तर कोरियाली नेता किम जोङ अनका भतिजा किम जोङ नाम पनि मकाउमै निर्वासित जीवन बिताइरहेका थिए तर उनको सन् २०१७ मा क्वालालम्पुर विमानस्थलमा हत्या भएको थियो ।

मकाउका व्यापारी स्टान्ले हो ले सन् १९९९ मा उत्तर कोरियामा क्यासिनो प्योङयाङ पनि खोलेका थिए । हाल उत्तर कोरियामा चीनका सबैभन्दा बढी पर्यटक पुग्ने गरेका छन् ।