८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाली एयर कोर्योको मकाउ उडान



अ+ अ-

हङकङ । उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक बिमान सेवा एयर कोर्योले अर्को सातादेखि प्योङयाङबाट मकाउमा पुनः सिधा हवाई सेवा शुरु गर्न लागेको छ । मकाउ नागरिक उड्डयनले करिब १५ वर्षपछि एयर कोर्योलाई उडान अनुमति दिएको हो ।

उत्तर कोरियाली बिमान सेवा एयर कोर्योले हाल चीनको बेइजिङ र शेनयाङ तथा रुसको भ्लाडिभोस्तकमा मात्र उडान गरिरहेको छ । एयर कोर्योको मकाउ चौथो गन्तव्य हो ।

मकाउ नागरिक उड्डयनले जारी गरेको वक्तव्यमा आगामी अगष्ट २ देखि हप्तामा दुईवटा मकाउ–प्योङयाङ सिधा उडान हुने उल्लेख छ ।

सन् १९९६ देखि २००४ सम्म दुवै शहरबीच नियमित उडान हुँदै थियो । एसियाको “लास भेगास” का रुपमा लिइने मकाउ र उत्तर कोरियाबीच लामो पारम्परिक सम्बन्ध रहिआएको छ ।

उत्तर कोरियाली नेता किम जोङ अनका भतिजा किम जोङ नाम पनि मकाउमै निर्वासित जीवन बिताइरहेका थिए तर उनको सन् २०१७ मा क्वालालम्पुर विमानस्थलमा हत्या भएको थियो ।

मकाउका व्यापारी स्टान्ले हो ले सन् १९९९ मा उत्तर कोरियामा क्यासिनो प्योङयाङ पनि खोलेका थिए । हाल उत्तर कोरियामा चीनका सबैभन्दा बढी पर्यटक पुग्ने गरेका छन् ।