अन्ततः कांग्रेसको सभापति चयन दोस्रो चरणमा प्रवेश गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई ८२ मत पुगेन ।
प्राप्त समाचारमा देउवाले २२५८ मत ल्याए भने उता शेखर कोइरालाले १७२९ ल्याएका छन् । त्यस्तै प्रकाशमान सिंहले ३७१ र बिमलेन्द्र निधीले २४९ मत ल्याएका छन् । कल्याण गुरुङको भने २० मत रहेको छ ।
पहिलो चराणमा ५० प्रतिशत नकटेपछि दोस्रो चरणमा प्रवेश गरेको हो । देउवा पहिलो भएपनि उनको मत पुगेन । उनले २३४० मत ल्याउनुपथ्र्याे । अब ८२ मत नपुगेकाले अर्काे चरणमा गएको हो । अब दोस्रो चरणमा देउवा र कोइरालाबीच चुनाव हुनेछ ।
© 2023