१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

४९ स्थानीय तहले बुझाएनन् राजस्व, ४० प्रतिशत बजेट फ्रिज



अ+ अ-

हेटौंडा । प्रदेश–३ का ४९ वटा स्थानीय तहले प्रदेश सरकारलाई बुझाउनुपर्ने राजस्व बुझाएका छैनन् । तर, प्रदेशमा करिब ४० प्रतिशत बजेट फ्रिज भएको छ ।
स्थानीय तहले आर्थिक वर्ष २०७५/०७६ मा संकलन गरेर बुझाउनुपर्ने राजस्व रकम गत आर्थिक वर्षमा नबुझाएका हुन् । स्थानीय तहले ढुंगा, गिट्टी, बालुवा, विज्ञापन र मनोरञ्जन कर संकलन गरेर ४० प्रतिशत रकम प्रदेश सरकारलाई दिनुपर्ने कानुनी व्यवस्था छ ।

प्रदेशका एक सय १९ स्थानीय तहमध्ये ४९ स्थानीय तहले राजस्व नबुझाएका हुन् । प्रदेश सरकारले राजस्व रकम दाखिला गर्न ताकेता गर्दा पनि त्यसको सुनुवाइ गरिएन । प्रदेशका ५२ स्थानीय तहले मात्र ढुंगा, गिट्टी, बालुवा, विज्ञापन र मनोरञ्जन कर संकलन गरेर बुझाएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

प्रदेशका १८ स्थानीय तहले प्रदेशलाई बुझाउनुपर्ने ढुंगा, गिट्टी, बालुवा, विज्ञापन र मनोरञ्जन कर संकलन नै गरेका छैनन् । उनीहरुले कर संकलन गर्ने आफ्नो क्षेत्र नभएको भनेर प्रदेश सरकारलाई जानकारी गराएको बताइएको छ । ५२ स्थानीय तहले ढुंगा, गिट्टीवापत् ५२ करोड राजस्व बुझाएका छन् ।

केही स्थानीय तहले प्रदेश सरकारलाई बाँडफाँड गर्ने राजस्व नबुझाए पनि गत आर्थिक वर्षमा अपेक्षा गरिएअनुसार आन्तरिक राजस्व संकलन भएको छ । स्थानीय तहले राजस्व संकलन गरे पनि कुन तरिकाले र कसरी पठाउने भन्ने द्विविधाका कारण समस्या भएको गुनासो गरेका छन् ।

प्रदेश सरकारले यातायात, मालपोत, ढुंगा, गिट्टी, बालुवा, विज्ञापन र मनोरञ्जन करवापत राजस्व संकलन गर्न पाउने कानुनी व्यवस्था छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ को ४० प्रतिशत बजेट फ्रिज भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले कुल बजेटको ६० दशमलव ६८ प्रतिशतमात्र खर्च भएको जनाएको छ ।

कुल बजेट ३५ अर्ब ६१ करोड ५६ लाख रुपिया“ रहेकोमा २० अर्ब ६५ करोड ७२ लाख ३६ हजार ७ सय ९३ रुपिया मात्र खर्च भएको छ । चालूतर्फ ८० दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ४७ दशमलव १३ प्रतिशत बजेट खर्च भएको हो ।

प्रदेश सरकार मातहत निकायले प्राप्त गरेको बजेटमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयले ८० दशमलव ३५ प्रतिशत (६ अर्ब ३२ करोड ३२ लाख ३३ हजार २ सय ८ रुपिया) खर्च गरेको हो । ६८ दशमलव ५३ प्रतिशत खर्च गरेर मुख्य न्यायाधीवक्ताको कार्यालय धेरै बजेट खर्च गर्नेमा दोस्रो भएको छ । कार्यालयले १ करोड ७१ लाख १ हजार रुपिया खर्च गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १८ दशमलव ९९ प्रतिशत (२८ करोड ३९ लाख ८२ हजार २ सय ४४ लाख रुपिया) खर्च गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २४ दशमलव ९३ प्रतिशत (१२ करोड ४५ लाख ७६ हजार २ सय ५१ रुपिया), प्रदेश व्यवस्थापिका सचिवालयलले ६० दशमलव ५६ प्रतिशत (२३ करोड ५६ लाख ९० हजार ९ सय ५४ रुपिया) र प्रदेश नीति तथा योजना आयोगले ४९ दशमलव ९० प्रतिशत (२ करोड ३२ लाख ७६ हजार ३ सय २२ रुपिया) खर्च गरेको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।