१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनः दोस्रो चरणमा देउवालाई प्रकाशमान सिंहको साथ (भिडियो सहित)



अ+ अ-

काठमाण्डौ । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदानमा कांग्रेस नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । 

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकोमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिँदै छ । जसअनुसार दोस्रो चरणमा शेरबहादुर देउवा र डा‍ शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

दोस्रो चरणको चुनाव हुने भए पछि देउवा आज बिहान सिंहलाई भेट्न उनकै निवास चाक्सीबारी पुगेका थिए । 

छलफल पछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन देउवालाई नै रहेको बताउनु भएको हो । 

पहिलो चरणको मतदानमा प्रकाशमान सिंहले ३७१ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका थिए भने विमलेन्द्र निधिले २४९ मत तथा कल्याण गुरुङले २० मत प्राप्त गरेका थिए ।