१ पुष २०८२, मंगलवार
,
Latest
पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा अविरल वर्षा र बाढीका कारण १० को मृत्यु, २० हजारभन्दा बढी विस्थापित



अ+ अ-

रियो डि जेनेरियो । ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले ब्राजिलमा गएको छ दिनदेखिको बाढीका कारण कम्तीमा पनि १० जनाको ज्यान गएको र अरु केही व्यक्ति हराएको बताएका छन् ।

प्राप्त समाचारअनुसार यहाँका यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ । यसबाट कम्तीमा पनि ५१ वटा सहरमा इमर्जेन्सी पनि घोषणा गरिएको छ । यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ ।

धेरै स्थानमा सैनिक हेलिकोप्टरहरुले उद्धार गरिरहेका छन् । केही सहायता समग्री पनि हेलिकोप्टरहरुले पु¥याइरहेका बताइएको छ ।यहाँका मौसम विद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको बताएका छन् । (रासस-सिन्ह्वा)