१० असार २०८३, बुधबार
,
Latest
रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले आज पनि संसद चल्न नदिने



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले आज पनि संसद् चल्न नदिने भएको छ । 

सभामुखले निरन्तर षड्यन्त्र गरिरहेको र सरकारको चासो नभएको भन्दै एमालेले संसद्‌मा विरोध प्रदर्शन जारी राख्ने भएको हो । 

एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले  अहिले एमालेले विरोध मात्रै गरिरहेका र आवश्यक परे अवरोध नै गर्ने चेतावनी दिएका छन् । 

उनले भने, ‘सभामुखले षड्यन्त्र गर्दै जाने, हामी मान्दै जाने हुँदैन। सरकार संसद्‌मा आएको गतिरोधका विषयमा कुरा गर्दैन। प्रतिपक्ष लतारिएर जाँदैन।’

सरकारले प्रतिपक्ष पार्टी फुटाउन लागेको र सभामुख त्यस खेलका मतियार बनेको बताउँदै यस्तो गतिविधि नसच्चिएसम्म विरोध जारी राख्ने ओलीको भनाई छ ।