१० असार २०८३, बुधबार
,
Latest
रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कल्याण गुरूङले पनि देउवालाई समर्थन गर्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवार दिएका कल्याण गुरूङले पनि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

पहिलो चरणमा २२ मत ल्याएका गुरूङले दोस्रो चरणमा देउवालाई सघाउने भएका हुन् । 

उनले साथीहरूसँग सल्लाह गरेर चुनावमा पहिलो हुनेलाई नै समर्थन गर्ने निर्णय भएपछि देउवालाई सघाउने निर्णय लिएको बताए ।

यसअघि सभापतिका दुई उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासी मध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आजै अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको छ । सभापति पदको मतगणना आज विहान सम्पन्न भएको थियो । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।