४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

देउवाद्वारा नियुक्त प्रवक्ता शर्माको कुरा सुन्दा नेता पौडेल मुसुमुसु हाँसेपछि…

देउवाद्वारा नियुक्त प्रवक्ता शर्माको कुरा सुन्दा नेता पौडेल मुसुमुसु हाँसेपछि…
अ+ अ-

काठमाडौं । कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा युवा नेताहरूले १४औँ महाधिवेशनको कार्यतालिका बनाउन माग गरेका छन् । महाधिवेशनको कार्यतालिकासँगै अन्तरिम संरचना गठन गर्नुपर्ने युवा नेताहरूको प्रस्ताव छ । नेता गगन थापाले समय धेरै घर्किसकेको भन्दै १४औँ महाधिवेशनको मिति घोषणा गरेर यसैभित्र अन्तरिम संरचना गठन गर्दै तालिकाबद्ध रूपमा अघि बढ्न नेतृत्वलाई सुझाएका हुन् ।

प्रक्रिया सुरु भइसकेपछि ०७७ मंसिरसम्ममा १४औँ महाधिवेशन गरिसक्ने गरी अघि बढ्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो । ‘हामीले यो वर्ष अधिवेशन गर्न नसकेपछि अब १४औँ महाधिवेशन हाम्रो मुख्य प्राथमिकता हो, अब ०७७ को वर्ष नसकिँदै महाधिवेशन सक्ने गरी कार्यतालिका प्रस्तुत गरौँ,’ थापाले केन्द्रीय समिति बैठकमा भने ।

थापाले अन्तरिम संरचना कार्यातालिकाभित्र पार्न पनि सुझाए । ‘योभित्रै कार्यतालिकाको पहिलो काम अन्तरिम संरचना बनाउनेबाट सुरु हुन्छ, त्यसपछि क्रियाशील सदस्यता बाँड्नेसहितका कामलाई अघि बढाऊँ ।’ बैठकमा अर्का युवा नेता गुरुराज घिमिरेले पनि निर्वाचनको प्रक्रियाभित्रैबाट सहमति गर्न सकिने बताए । अघिल्ला दिनको बैठकमा भाग लिँदै अर्का युवा नेता प्रदीप पौडेलसहितका नेताले पनि महाधिवेशनको मिति छिटो घोषणा गरेर प्रक्रियाभित्रैबाट सहमति खोज्नुपर्ने बताएका थिए ।

बैठकमा केन्द्रीय सदस्य वीरबहादुर बलायरले सभापतिले अरूलाई दोष दिनेभन्दा आफैँ अग्रसरता लिएर एकपछि अर्को निर्णय गर्दै जानुपर्ने बताए । भीष्मराज आङदेम्बेले नेताहरू मिलेर जानुको विकल्प नभएकामा जोड दिए । सोमबारको बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, किरण यादव, बहादुरसिंह लामासहित बोलेका थिए । अन्तरिम संरचनाका विषयमा के गर्ने भन्ने विषयमा सम्भवतः मंगलबार पदाधिकारीहरूले बोलेपछि निर्णय लिने तयारी कांग्रेसको छ ।

देउवा र पौडेलमाथि प्रवक्ताकै प्रश्न
बैठकमा युवा नेता एवं प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलमाथि प्रश्न उठाएका छन् । ‘सभापतिज्यूले हिजो सुशील कोइरालाले विभाग, कार्यसम्पादन समिति नबनाउँदा र भ्रातृसंस्था लथालिंग पार्दा उहाँमाथि आरोप लगाउनुभयो,’ शर्माले बैठकमा भने, ‘तर, आज तपाईंको कार्यकालको तीन वर्षमा त्यही भएको छ ।’
देउवाद्वारा नियुक्त प्रवक्ताले यसो भनिरहँदा नेता पौडेल मुसुमुसु हाँसिरहेका थिए । तर, शर्माको वाँण उनीतिर पनि सोझियो ।

‘सभापतिको विषय आउँदा वरिष्ठ नेता मुस्कुराउनुभयो, तर वरिष्ठ नेताज्यू, हिजो देउवाले ४० प्रतिशत भाग मागेको कारण पार्टीले गति लिन नसकेको आरोप लगाउनुभयो । तर, आज तपाईं नै भाग माग्दै हुनुहुन्छ । के तपाईंचाहिँ दोषी हुनुहुन्न ?’ पार्टीभित्र एकता र सक्रियताको खाँचो रहेको भन्दै देशको संकटमा एक भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । एकातिर विप्लव माओवादीको आतंक र अर्कोतिर महिनामा सयौँ लास विदेशबाट आउने गरेको तथ्यप्रति संवेदनशील भएर राजनीति गर्नुपर्ने उनको भनाइ थियो ।

महाधिवेशन तालिकासँगै अन्तरिम संरचना बनाऔँ
गगन थापा

१४औँ महाधिवेशनभित्रै आन्तरिक संरचना बनाउने गरी कार्यतालिका बनाएर जाऊँ । कति ठाउँमा संगठनको विषय मिलिसक्यो भन्ने छ । तर, मिल्यो कि मिलेन भन्ने विषयलाई निर्वाचनको विधिभित्र पारेर निर्णय गर्नुपर्छ । प्रक्रियाभित्रबाट मिलाउनुपर्छ । बाहिरबाट मिलाउँदा विधानबाहिरको अभ्यास हुन्छ । कुनै पनि हालतमा अर्को वर्षको महाधिवेशन गरौँ । एक वर्ष र ६ महिनाको कुरा गर्दा ०७८ भदौमा महाधिवेशन पुग्छ । यस्तो नगरौँ । ०७७ को मंसिरसम्म १४औँ महाधिवेशन गरौँ । यो बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरौँ । प्रक्रियाभित्रबाट चुनावमा गएर अन्तरिम संरचना गठन गरौँ ।

प्रक्रियाभित्रैबाट सहमति गर्नुपर्छ
गुरु घिमिरे

एउटा विकल्प सहमतिमा मिलाउने हो । तर, सहमति नभए चुनावमा जानुपर्छ । संविधान बनाउँदा हामीले कति ठूला संक्रमणलाई त मिलायौँ । यो त पार्टी हो । पार्टीमा नमिल्ने भन्ने छैन । चुनावमा जाँदा धर्ती नै भासिन्छ भन्ने रूपमा लिनुहुन्न । निर्वाचनको प्रक्रियामा पनि सहमति हुन सक्छ, भएन भने चुनावमा जानुपर्छ । संक्रमणकालीन व्यवस्थाअनुसारका संरचना बनाउन यही भन्ने अड्डी कसैले पनि लिनुहुँदैन । तर, छिटो गर्नुपर्छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।