४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

‘ओमिक्रोन’ भाइरस नियन्त्रणका लागि प्रदेश नं १ मा पूर्व तयारी सुरु

‘ओमिक्रोन’ भाइरस नियन्त्रणका लागि प्रदेश नं १ मा पूर्व तयारी सुरु
अ+ अ-

मोरङ । कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिने प्रदेश नं १ मा पूर्वतयारी सुरु गरिएको छ ।

ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिन प्रदेश नं १ का भारतसँग जोडिएका विभिन्न नाकामा चेकजाँचलगायत अन्य उपाय सञ्चालन गरिएको हो । विराटनगरको रानी, झापाको काकरभिट्टा र सुनसरीको भान्टाबारीमा हेल्पडेस्क राखिएको छ ।

प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित सरोकारवालासंँग आयोजित  प्रदेशस्तरीय कोभिड ओमिक्रोन नियन्त्रण पूर्व तयारी छलफल कार्यक्रममा भारतमा लामो समय बस्ने नेपालीलगायत तेस्रो मुलुकबाट आउने नागरिकको स्वास्थ्य जाँच, एन्टिजेन परीक्षणका साथै  १४ वटै जिल्लाका जिल्ला अस्पतालमा थप सघन उपचार केन्द्रसहित आक्सिजन प्लान्ट जडान गरिएको जनाएको छ ।

सबै सीमा नाकामा अनिवार्य स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाइएको तथा मेची, उदयपुर, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, धनकुटा तथा तेह्रथुम जिल्लाका जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने काम सम्पन्न भएको तथा ती अस्पतालमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था मिलाइएको बताइएको छ ।
 
मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले कोरोना खोप केन्द्रको दायरा बढाउँदै खोपलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोरोनाविरुद्धको खोपको सहज उपलब्धता भएकाले विद्यालय तथा स्थानीय तहका प्रत्येक वडाका खोप केन्द्र वृद्धि गरी अभियान सञ्चालन गर्न सम्बन्धित सरोकारवालाई निर्देशन दिनुभयो ।  

नेपाली सेना दुई नम्बर बाहिनी इटहरीका बाहिनीपति प्रकास देउजाले प्रदेशमा सञ्चालित हेल्प डेस्कलाई व्यवस्थित गर्दै सीमानाकामा होल्डिङ सेन्टर निर्माणमा सेनाको सहयोग रहने बताउनुभयो । प्रदेश नं १ का प्रहरी कार्यालयका प्रमुख अरुणकुमार विसीले भारतसँग सीमा जोडिएको नाकामा जनचेतना वृद्धि गर्नुका साथै स्वास्थ्य चेकजाँच बढाएर ओमिक्रोन नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

 सशत्र प्रहरी बल पकलीका बाहिनीपति कमल गिरीले भारतमा ओमिक्रोेनको सङ्क्रमण वृद्धि भएमा नेपालमा भयावहस्थिति आउने हुनाले अहिलेदेखिनै तयारी तीव्र बनाउनुपर्नेमा जोड दिनुभयो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिना, विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक डा सागर पौडेल, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री, स्वास्थ्य कार्यालय परिवार नियोजन शाखाका अधिकृत कन्हैया साह तथा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहलगायतले प्रदेशमा कोभिड नियन्त्रण व्यवस्थापन तथा रोकथामका बारेमा भइरहेको कामको बारेमा जानकारी गराउनुभयो ।
    
यो प्रदेशमा यही मङ्सिर २६ गतेसम्म १४ लाख   आठ  हजार  २११ ९४३ दशमल ६३ प्रतिशत० लक्षित समूहलाई खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । (रासस)