१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

ड्रागनखेतीमा बित्दै पूर्वमन्त्री विष्टका दिन

ड्रागनखेतीमा बित्दै पूर्वमन्त्री विष्टका दिन
अ अ+ अ-

तुलसीपुर । पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुनुहुन्छ । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त हुनुहुन्छ । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुनुहुन्छ विष्ट । हाल उहाँ तेस्रो चरणको ड्रागन फलको पर्खाइमा हुनुहुन्छ । दुई चरणको ड्रागनको फल भित्र्याएर उहाँले आम्दानी लिइसक्नुभएको छ ।

विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिनुभएको छ । मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको उहाँ बताउनुहुन्छ । विष्ट भन्नुहुन्छ, “म खेतमा काम गरिरहेको अवस्थामा कसैले देखेमा, भेट्न बोलाइ हाल्नुहुन्छ ।” मन्त्री हुँदा जसरी मान्छे भेट्न आउँथे, अहिले खेती गर्दा पनि उत्तिकै भेट्न आउने गर्छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित घोराही–तुलसीपुर सडक छेऊमा कुनै समय बाँझो रहेको जग्गालाई विष्टले हराभरा बनाउनुभएको छ । ड्राग्रन खेतीका लागि त्यो भूमि त्यत्ति उपयुक्त होइन, किनकि त्यसका लागि बलौटे माटो चाहिन्छ । तर पनि मेहेनत गर्दा भने त्यसले राम्रै आम्दानी दिनेरहेछ भन्ने एउटा उदाहरण विष्टले प्रस्तुत गर्नुभएको छ ।

यसअघि उहाँले दुईपटक फल बिक्री गरिसक्नुभएको छ । अब तेस्रो पटकको पर्खाइमा हुनुहुन्छ । “अहिले हामीले जति मेहेनत यो जग्गामा गरेका छौँ, त्यति मेहेनत बलौटे माटोमा गरेको भए झनै धेरै आम्दानी गर्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “तर यसमै पनि निकै मेहेनत हामीले ग¥यौँ, त्यसैले आम्दानी राम्रै दिने गरेको छ ।”

ड्रागन फल जेठदेखि असोज–कात्तिकसम्म फल्छ । यो प्रायः रातिमा फल्ने भएकाले पनि ‘रातकी रानी’ भनेर पनि नाम दिइएको छ । यो फल मात्रै होइन, बिरुवाबाट पनि विष्टले आम्दानी गर्दै आउनुभएको छ । अहिलेसम्म उहाँले दुईपटकमा गरेर सरदर रु २०–२० लाख आम्दानी गरेको बताउनुहुन्छ । एक सिजनमा २८–३० क्विन्टल उत्पादन हुने गरेको छ । बिरुवाबाट त्यस्तै रु पाँच लाख जति आम्दानी भएको उहाँ बताउनुहुन्छ । अहिले उहाँले उत्पादन गरेका बिरुवा दाङमात्रै होइन, अन्य जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ । फल्दै गरेको ड्रागन बेच्दै गर्दा भाइरल बनेका विष्टलाई उत्पादन भएको फल बेच्न त्यति कठिनाइ भएन भने बिरुवा बेच्न पनि सहज भयो ।

उहाँपछि सबैले यो खेतीका बारेमा चासो राखे । सबैले यो घरघरमै  खेती गर्न चाहे । स्वास्थ्यका हिसाबले बहुउपयोगी मानिने यो फल सबैले घरमा लगाए । दुईपटक अधिक बिक्री भएको ड्रागन फलले तेस्रो पटकमा कत्तिको बजार पाउँछ, त्यो भने विष्टले पर्खिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “बजार राम्रो छ, यहाँबाट काठमाडौँलगायत पनि पुग्ने गर्छ, बजारीकरणका लागि समस्या छैन ।” करिब रु एक करोड लगानी गरेर विष्टसहित तीन जनाले व्यावसायिक ड्रागन खेती गर्नुभएको छ । उहाँले तीन जनाको सहकार्यमा उक्त खेती सुरु गरेको बताउनुभयो ।

यसअघि पनि उहाँ कालो धानको खेती गरेर चर्चामा आउनुभएको थियो । भकुन्डेमा कालो धानखेती गरेर चर्चामा आउनुभएका उहाँ दाङमा ड्रागन खेती गरेर उत्तिकै चर्चामा हुनुहुन्छ । दाङमा पनि केही क्षेत्रफलमा धानखेती गरेको उहाँ बताउनुहुन्छ । उहाँले पछिल्ला युवालाई पनि नेपालमै बसेर पसिना बगाए मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएकोसमेत बताउनुभयो । “अहिले पनि युवा जमात रोजगारीका नाममा विदेश गइरहेको देखिन्छ”, उहाँले भन्नुभयो, “तर हाम्रै वरपर खेर गइरहेको जग्गामा पनि मेहेनत गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएको छु, धेरै युवाले अहिले यही ड्रागन खेती पनि गर्नुभएको छ ।” आफूले दाङमा यो खेती सुरु गरेपछि धेरैले यो खेतीमा चासो देखाएको समेत बताउनुभयो ।

छुटेन ‘लत’

राजनीतिबाट पूर्णरूपमा ‘रिटायर्ड’ भए पनि विष्टले राजनीतिक लत भने छाड्नुभएको छैन । उहाँ राजनीतिलाई नजिकबाट नियालिरहनुहुन्छ । यसको एउटा प्रमाण सामाजिक सञ्जालमा उहाँले दिने अभिव्यक्तिले पनि प्रष्ट हुन्छ । समसामयिक राजनीतिका विषयमा प्रत्येक दिन केही न केही स्टाटस आइरहेका हुन्छन् । यद्यपी उहाँ भन्नुहुन्छ, “अब म राजनीतिमा सक्रिय भएर लाग्दिनँ, अब मेरो पेशा भनेको कृषि नै हो ।” कृषिलाई राजनीति अडिने घरका रूपमा वर्णन गर्नुहुन्छ बिष्ट । उहाँले राजनीति भनेको कृषिको धुरी भएको प्रतिक्रिया दिनुभयो । “अर्थतन्त्र भनेको राजनीतिको जग हो, कृषि भनेको हाम्रो जग हो”, उहाँले भन्नुभयो, “जब हामी कृषिलाई परित्याग गरेर राजनीति गर्छौँ, त्यो राजनीति हुँदैन, त्यो त लाजनीति हुन्छ ।”

भाषणमा समाजवादका कुरा गर्ने तर श्रम गरेर खाने वर्गलाई हेप्ने प्रवृत्ति छ, यो सर्वहारा वर्गका प्रतिध्रुवीय वर्गले अँगाल्ने चिन्तन रहेको उहाँ बताउनुहुन्छ । राजनीतिबिनाको कृषि र कृषिबिनाको राजनीति सम्भव नहुने उहाँ बताउनुहुन्छ । “म अब सक्रिय राजनीतिमा आउँदिनँ”, उहाँ भन्नुहुन्छ, “मेरो पार्टी भनेको यही कृषि पार्टी हो ।” सत्ता सञ्चालनको विधि राजनीति भएको भन्दै उहाँले अन्य विकसित मुलुकले पनि राजनीति गर्ने तर कृषि पेशालाई नछाडेको अवस्था छ”, तर नेपालमा उल्टो भएको बताउनुहुन्छ । 

‘राजनीति सेवा हो’

आजीवन राजनीति गर्ने प्रवृत्तिको उहाँ विरोधी हुनुहन्छ । राजनीति भनेको आजीवनको पेशा नभई यो आवधिक हुने बताउनुहुन्छ । भन्नुहुन्छ, “राजनीति भनेको आजीवनको पेशा, व्यवसाय, कसैको ठेक्कापट्टा, रोजगारी होइन, यो त आवधिक समाजसेवा हो ।” राजनीति भनेको निःशुल्क, निःशर्त, निःशुल्क हुने बताउनुहुन्छ । तर अहिले त आफूबिना राजनीति नै नचल्नेजस्तो प्रवृत्ति रहेको भन्दै यसको आफू निकै विरोधी रहेको समेत बताउनुभयो । 

विष्ट दुईपटक मन्त्री भइसकेका व्यक्ति हुनुहुन्छ । पहिलोपटक स्वास्थ्यमन्त्री हुनुभएका उहाँ दोस्रोपटक पर्यटनमन्त्री हुनुभएको थियो । माओवादीको १० वर्षे जनयुद्ध सुरुआत गर्ने १९ केन्द्रीय सदस्यमध्ये एक हुनुहुन्छ उहाँ । जतिबेला उहाँलाई ‘अभ्यास’ उपनामले चिनिन्थ्यो । आफू ५५ वर्ष हुँदासम्म राजनीति गरेको र अब बाँकी जीवन कृषिलाई समर्पित गर्ने उहाँले बताउनुहुन्छ । “मैले राजनीतिमा ५५ वर्ष बिताएँ, अब बढी बाँचे २०र२२ वर्ष बाँचुला”, उहाँले भन्नुभयो, “अब मैले सचेत ढङ्गले राजनीति छाड्नुपर्छ, भनेर नै यो पेशा अँगालेको हुँ, अब राजनीतिमा नयाँ मान्छे आउनुपर्छ, नेतृत्व विकास गर्नुपर्छ भन्ने मेरो बुझाइ हो ।”

कम्युनिष्ट सदस्य हुने रहर

राजनीति छाडेको भनेपछि अझै पनि पार्टीको सदस्यता बन्ने रहर भने मेटिएको छैन । अलि बढी क्रान्तिकारी र इमान्दारिता देखिएको कम्युनिष्ट पार्टीको सदस्यता भने लिने अझै पनि इच्छा छ विष्टको । “मर्ने बेलामा साथीले यो हाम्रो सदस्य हो भनेर झण्डा ओडाइदेलान नि !”, उहाँले भन्नुभयो, “त्यही झण्डाका लागि जिन्दगी राजनीतिमै समर्पण गरियो, अब मर्ने बेला झण्डा किन छाड्ने, त्यसैले तुलनात्मकरूपमा अलि क्रान्तिकारीजस्तो देखिने एउटा कम्युनिष्ट पार्टीको सदस्यता लिएर मर्ने रहर छ ।” उहाँ राजनीतिप्रति भने वितृष्ण पैदा भएको बताउनुहुन्छ । उहाँले राजनीति समाजसेवाभन्दा पनि कमिशनखोरी भएको बताउनुभयो ।

त्यत्तिमात्रै होइन, राजनीतिमा षड्यन्त्रमय, रहस्यमय हुने गरेको उहाँको अनुभव छ । विष्ट भन्नुुहुन्छ, “पार्टीका शीर्ष नेतृत्वभित्रका मान्छेले मात्रै बुझ्ने र अरुले नतमस्तक भएर ताली पिट्नुपर्ने अवस्था छ, सर्वहारा वर्गको पार्टीमा यस्तो हुनु एकदम गलत हो ।” उहाँले राजनीति र अपराधबीचमा कुनै भिन्नता नभएको, सर्वहारा, श्रमजीवी वर्गको विरोधीजस्तो देखिएको बताउनुभयो ।

अहिले पनि आफूलाई राजनीतिमा आउनुपर्छ, भनी धेरैले आग्रह गर्ने गरेको बताउनुभयो । तर उहाँलाई सक्रिय राजनीतिमा आउन इच्छा छैन । त्यसरी इच्छा मर्नुमा अहिलेको निर्वाचन प्रणाली पनि रहेको उहाँ बताउनुहुन्छ । “निर्वाचन नै लड्दा रु चाररपाँच करोड खर्च हुन्छ, अझ त्यत्तिले पनि पुग्दैन”, उहाँले भन्नुभयो, “हामीले जनयुद्ध सुरु गर्दा मकै, भटमास खाएर त्यतिबेलाको राप्तीसहित जाजरकोट, डोल्पा, कालीकोटमा सङ्गठन निर्माण गरेका थियौँ, तर अब त्यस्तो राजनीति रहेन, अब त्यो कल्पना पनि गर्न सकिने अवस्था छैन ।”  (रासस, दीपक बोहरा)