• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता



वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ ।

उहाँहरुबीच द्विपक्ष्ीाय व्यापार र रुसको साइबेरियाको डढेलोको विषयमा कुराकानी भएको ह्वाइट हाउसले बुधबार जानकारी दिएको छ ।

राष्ट्रपति ट्रम्पले साइबेरियामा लागेको भीषण डढेलोप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको थियो । साथै दुबै मुलुकबीचको व्यापारका विषयमा पनि छलफल भएको ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
दुई नेताबीच टेलिफोन वार्ता भएको बारेमा क्रेमलिनले बुधबार अबेर राती जानकारी दिएको थियो । रुसको साइबेरिया र सुदूर पूर्वी क्षेत्रमा लागेको डढेलोका कारण सङ्कटकाल घोषणा गरिएको छ ।