२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्कालीन नयाँ शक्तिका नेतामाथि गोली प्रहार



अ+ अ-

बुटवल । कपिलवस्तुमा गोली प्रहार भएको छ । बिहीबार दिउँसो एक स्थानीय नेतामाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट शुद्धोधन गाउँपालिकाका रामनयन यादव घाइते भएका छन् । उनको हातमा गोली लागेको छ ।

वडा नं. ५ देवपुर स्थायी घर भएका यादवमाथि जिल्ला सदरमुकाम तौलिहवा जाने क्रममा वडा नं.३ स्थित सुसरिया पुल नजिकै दिउँसो १ बजेतिर गोली प्रहार भएको हो ।कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शम्शेर जवराका अनुसार दुई जना मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेका हुन् ।

यादव तत्कालीन नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उमेदवार थिए । उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।