७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्कालीन नयाँ शक्तिका नेतामाथि गोली प्रहार



अ+ अ-

बुटवल । कपिलवस्तुमा गोली प्रहार भएको छ । बिहीबार दिउँसो एक स्थानीय नेतामाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट शुद्धोधन गाउँपालिकाका रामनयन यादव घाइते भएका छन् । उनको हातमा गोली लागेको छ ।

वडा नं. ५ देवपुर स्थायी घर भएका यादवमाथि जिल्ला सदरमुकाम तौलिहवा जाने क्रममा वडा नं.३ स्थित सुसरिया पुल नजिकै दिउँसो १ बजेतिर गोली प्रहार भएको हो ।कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शम्शेर जवराका अनुसार दुई जना मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेका हुन् ।

यादव तत्कालीन नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उमेदवार थिए । उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।