२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिमानी रकममा पेपे आर्सनलमा अनुबन्ध



अ+ अ-

काठमाडौं । आईभोरी कोस्टमा युवा विङ्गर निकोलस पेपेलाई इङ्लिस क्लब आर्सनलले अनुबन्ध गर्ने भएको छ ।

२४ वर्षीय पेपेलाई आर्सनलले किर्तिमानी ७२ मिलियन पाउन्ड खर्च गर्न तयार भएको हो । जुन आर्सनलको कीर्तिमानी मूल्य हो । आर्सनलले पेपेसँग पाँच वर्षको सम्झौता गर्दैछ । उनको मङ्गलबार स्वास्थ्य परिक्षण हुने र त्यसपछि इमिरेट्स स्टेडियममा सार्वजनिक गरिने बताइएको छ ।

पेपेलाई आर्सनलमा १९ नम्बरको जर्सी दिने तयारी गरिएको छ ।

पेपेले इङ्लिस ठूलो क्लबसँग जोडिन पाउनु खुशीको क्षण भएको बताए ।

‘धेरै संघर्ष गरेर ठूलो क्लबसँग जोडिएको छु । मेरो लागि यो ठूलो सम्मान हो । आर्सनलमा राम्रो खेल्दै क्लबलाई ठूला सफलता दिलाउन मिहिनेत गर्नेछु,’ पेपेले भने ।

फ्रान्सको लिग वानमा केलियन एमबाप्पेलेमात्र पेपेभन्दा बढी गोल र एसिस्ट गरेका छन् । पेपेले फ्रेन्च लिग वान लिलेमा ७४ खेल खेल्दै ३५ गोल गरेका छन् । उनी सन् २०१७ मा एन्जर्सबाट लिलेमा गएका थिए ।