७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिमानी रकममा पेपे आर्सनलमा अनुबन्ध



अ+ अ-

काठमाडौं । आईभोरी कोस्टमा युवा विङ्गर निकोलस पेपेलाई इङ्लिस क्लब आर्सनलले अनुबन्ध गर्ने भएको छ ।

२४ वर्षीय पेपेलाई आर्सनलले किर्तिमानी ७२ मिलियन पाउन्ड खर्च गर्न तयार भएको हो । जुन आर्सनलको कीर्तिमानी मूल्य हो । आर्सनलले पेपेसँग पाँच वर्षको सम्झौता गर्दैछ । उनको मङ्गलबार स्वास्थ्य परिक्षण हुने र त्यसपछि इमिरेट्स स्टेडियममा सार्वजनिक गरिने बताइएको छ ।

पेपेलाई आर्सनलमा १९ नम्बरको जर्सी दिने तयारी गरिएको छ ।

पेपेले इङ्लिस ठूलो क्लबसँग जोडिन पाउनु खुशीको क्षण भएको बताए ।

‘धेरै संघर्ष गरेर ठूलो क्लबसँग जोडिएको छु । मेरो लागि यो ठूलो सम्मान हो । आर्सनलमा राम्रो खेल्दै क्लबलाई ठूला सफलता दिलाउन मिहिनेत गर्नेछु,’ पेपेले भने ।

फ्रान्सको लिग वानमा केलियन एमबाप्पेलेमात्र पेपेभन्दा बढी गोल र एसिस्ट गरेका छन् । पेपेले फ्रेन्च लिग वान लिलेमा ७४ खेल खेल्दै ३५ गोल गरेका छन् । उनी सन् २०१७ मा एन्जर्सबाट लिलेमा गएका थिए ।