७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पाइप सफा गर्ने क्रममा दाजुभाइको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौं–१६, बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार घाइते अवस्थामा उद्दार गरिएका सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको उपचारका क्रममा मृत्यु भएको हो ।उनीहरु सहोदर दाजुभाइ हुन्।

े शुक्रबार बिहानै मेलम्चीको पाइप सफा गर्न सडकमा रहेको म्यानहोलबाट छिरेका उनीहरू त्यही अड्किएका थिए। लामो समयसम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनेर दुवैलाइ निकालेको थियो। ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ ।