१३ असार २०८३, शनिबार
,
Latest
माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबर्जस्ती एमसीसी पास भए अनिष्ट हुने उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानको चेतावनी



अ+ अ-

काठमाडौं । उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानले एमसीसी परियोजना सम्बन्धि प्रस्ताव संसद सचिवालयको रेकर्डबाटै हटाउन एवं कुनै पनि बैठकको कार्य सूचीमा नराख्न माग गरेको छ । 

मंगलबार उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानले संघीय संसदको सचिवालयमा सम्पूर्ण सांसदहरु र सभामुख समेतका लागि जनताका तर्फबाट प्रस्ताव पत्र दर्ता गराएको उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले जानकारी दिएका छन् । 

दर्ता नम्बर १०२ रहेको सो प्रस्ताव पत्रमा कानुन र संविधानसँग बाझिएका एमसिसिका प्रावानहरु, अन्तर्राष्ट्रिय अभ्यासहरु र नेपाल विशेष सन्दर्भहरुको विश्लेषण सहित एमसीसीबारेको प्रस्ताव संसदको वेवसाइटबाट पनि हटाउन माग गरिएको उनले जनाएका छन् । 

साथै, यदि जबर्जस्ती एमसिसि पास भएको घोषणा गरिए अनिष्ट हुने चेतावनी समेत सो समूहले दिएको छ ।