काठमाडौं । नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्ण बहादुर राजीव रहेका छन् ।
ललितपुर प्रहरीका अनुसार शुक्रबार अपरान्ह १ बजेको आसपासमा भएको झडपमा जेल जीवन बिताइरहेका राजीवको मृत्यु भएको हो ।
जबरजस्ती करणी मुद्दाका दोषी राजीवमाथि ज्यान मुद्दाका कैदीबन्दीले आक्रमण गरेका हुन् । आक्रमणकारीको नाम पवन महतो रहेको प्रहरीले जनाएको छ ।महतोले भुइँमा विच्छ्याइएको ब्लकले प्रहार गरेका थिए ।
दुवै जना कोठाबाहिर घाम तापेर बसेका थिए । एक्कासी कुटाकुट भएपछि अन्य कैदीबन्दी गएर छुट्टाएका थिए ।
आक्रमणकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।