७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको भाउ अहिलेसम्मकै उच्च, एकैदिनमा ८ सयले बढ्यो



अ+ अ-

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। शुक्रबार सुन तोलामा ८ सयले बढेको हो।

सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६५ हजार ४ सयमा कारोबार भएको सुन बिहीबार ४ सयले घटेर ६५ हजारमा पुगेको थियो।

तर आज सुन शुक्रबार सुन तोलामा ६५ हजार ८ सय पुगेको हो। एकैदिनमा ८ सयले बढेको सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो ।

यस्तै बिहीबार ७७० मा कारोबार भएको चाँदीको मूल्य आज स्थिर रहेको छ । चाँदीप्रति तोला ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।