७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाट आएका सहयोग रकम नेविसंघले गर्यो मुटु रोगीका परिवारलाई हस्तान्तरण



अ+ अ-

काठमाडौं । बाफिकोट गाउँपालिका वडा नम्बर–६, मग्मा दलित समुदायमा बस्ने मुटु रोग पीडितलाई नेपाल विद्यार्थी संघले रकम हस्तान्तरण गरेको छ ।

आर्थिक अबस्था अत्यन्तै नाजुक भएका वादी कामिलाई अमेरिकामा बस्ने नेपालीहरुले पठाएको तीन लाख अठहत्तर हजार तीन सय चौहत्तर रुपैयाँ नेविसंघका पुर्व उपाध्यक्ष ऋषिकेश शाह सहितको टोलीले आज हस्तान्तरण गरेका हुन् ।

गंगालाल हस्पिटलमा भर्ना भएका बिरामी कामिलाई भेट्न नेविसंघका पुर्व उपाध्यक्ष शाहसहित नेता हरिचन्द्र खनाल र आरआर क्याम्पसका इकाई सचिव अनुराग शाहको टोलि पुगेको थियो ।

अमेरिकामा बिरामी कामिकालागि रुकुम पश्चिमका युवाहरू बिर्ख बहादुर खत्री,हरि बहादुर खत्री,कमला खत्री,पारस खड्का ,मन बहादुर कुसारी,गोबिन्द कुसारी,गोर्ख बहादुर कुसारी,बिजय दर्पन चन्द,मोहन कुसारि, हेमराज खनाल ,गणेश कुसारी,किशोर कुसारि लगायत २० जनाको समूहले रकम जम्मा गरेका थिए ।

अमेरिकामा रकम उठाउने समुहको नेतृत्व बिर्ख खत्रीले गरेका थिए।