७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा भारतीय मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु



अ+ अ-
सांकेतिक तस्विर

काठमाडौं । पर्सामा भारतीय मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा चौकमा भारत बिहारको पूर्वी चम्पारण ग्राम पंचायत मोतिहारी बेलासपुर–४ का प्रयाद यादवले चलाएका बीआर२२पी ९८८७ नम्बरको माटरसाइकलको ठक्करबाट विन्दवासिनी गाउँपालिका–५ मुसहर्वाका ६५ वर्षीय भीम दासको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दास गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका दासलाई नेशनल मेडिकल कलेजमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल चालक यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।